पूर्वप्रहरी निरीक्षक थापाले पाए यस वर्षको नेपाल प्रहरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौँ — यस वर्षको नेपाल प्रहरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ (आजीवन कार्यसिद्धि सम्मान) २०८० पूर्वप्रहरी निरीक्षक कोमलबहादुर थापालाई प्रदान गरिएको छ ।

६८ औं प्रहरी दिवसको अवसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई उक्त अवार्डबाट सम्मान गरेका हुन् । २०२२ मा प्रहरी सेवा प्रवेश गरेका थापा ३ दशकभन्दा बढी समय नेपाल प्रहरीमा कार्यरत थिए । त्यो अवधिमा उनी उत्कृष्ट प्रशिक्षकका रुपमा चिनिएका थिए । अवकाशपछिको थप १२ वर्ष थापा बाहृय प्रशिक्षकका रुपमा प्रहरी प्रतिष्ठानमा कार्यरत रहेका थिए । काठमाडौं चुनदेवीका स्थानीय उनले प्रशिक्षण दिएका थप्रै अधिकृतहरु प्रहरी नेतृत्वमा पुगिसकेका छन् ।

यसैगरी यो वर्षको उत्कृष्ट प्रदेश प्रहरी अवार्ड (प्रहरी ब्याटन) गण्डकी प्रदेश प्रहरीले पाएको छ । गण्डकी प्रदेश प्रहरी पुख बुद्धि गुरुङलाई प्रधानमन्त्री दाहालले ब्याटनसहित सम्मान गरेका हुन् । पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहराद्वारा स्थापित मोतिलाल सर्वोत्कृष्ट अनुसनधानकर्ता पुरस्कार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ सई दुर्गाकुमार योञ्जनले पाएका छन् भने पूर्वमहानिरीक्षक पूर्णसिंह खवास र उनकी पत्नी शान्ति खवासको स्मृतिमा सुशील केडिया फाउण्डेशनद्वारा स्थापित नेपाल प्रहरी पूर्ण शान्ति पुरस्कार विशेष ब्युरोमा कार्यरत निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई प्रदान गरिएको छ । प्रधानमन्त्री दाहालले दुवै पुरस्कार योञ्जन र अञ्जुमलाई प्रदान गरेका हुन् ।

यसैगरी नेपाल प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने वरिष्ठ सई पुरुषोत्तम नेपालीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कारबाट सम्मान गरिएको छ ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको