पूर्वप्रहरी निरीक्षक थापाले पाए यस वर्षको नेपाल प्रहरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौँ — यस वर्षको नेपाल प्रहरी ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ (आजीवन कार्यसिद्धि सम्मान) २०८० पूर्वप्रहरी निरीक्षक कोमलबहादुर थापालाई प्रदान गरिएको छ ।

६८ औं प्रहरी दिवसको अवसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई उक्त अवार्डबाट सम्मान गरेका हुन् । २०२२ मा प्रहरी सेवा प्रवेश गरेका थापा ३ दशकभन्दा बढी समय नेपाल प्रहरीमा कार्यरत थिए । त्यो अवधिमा उनी उत्कृष्ट प्रशिक्षकका रुपमा चिनिएका थिए । अवकाशपछिको थप १२ वर्ष थापा बाहृय प्रशिक्षकका रुपमा प्रहरी प्रतिष्ठानमा कार्यरत रहेका थिए । काठमाडौं चुनदेवीका स्थानीय उनले प्रशिक्षण दिएका थप्रै अधिकृतहरु प्रहरी नेतृत्वमा पुगिसकेका छन् ।

यसैगरी यो वर्षको उत्कृष्ट प्रदेश प्रहरी अवार्ड (प्रहरी ब्याटन) गण्डकी प्रदेश प्रहरीले पाएको छ । गण्डकी प्रदेश प्रहरी पुख बुद्धि गुरुङलाई प्रधानमन्त्री दाहालले ब्याटनसहित सम्मान गरेका हुन् । पूर्वप्रहरी महानिरीक्षक मोतिलाल बोहराद्वारा स्थापित मोतिलाल सर्वोत्कृष्ट अनुसनधानकर्ता पुरस्कार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ सई दुर्गाकुमार योञ्जनले पाएका छन् भने पूर्वमहानिरीक्षक पूर्णसिंह खवास र उनकी पत्नी शान्ति खवासको स्मृतिमा सुशील केडिया फाउण्डेशनद्वारा स्थापित नेपाल प्रहरी पूर्ण शान्ति पुरस्कार विशेष ब्युरोमा कार्यरत निरीक्षक मोहम्मद कलिम अञ्जुमलाई प्रदान गरिएको छ । प्रधानमन्त्री दाहालले दुवै पुरस्कार योञ्जन र अञ्जुमलाई प्रदान गरेका हुन् ।

यसैगरी नेपाल प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने वरिष्ठ सई पुरुषोत्तम नेपालीलाई योगेन्द्र स्मृति साहसिक पुरस्कारबाट सम्मान गरिएको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको