२६ दिनअघि राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलमुक्त भएका व्यक्ति प्रेमिका हत्या आरोपमा पक्राउ

राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका छन्।

मंगलबार बिहान मुसिकोट नगरपालिका– १ खलङ्गाको सत्कार होटलमा मृत फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुर पक्राउ परेका हुन्।

घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर होटलको कोठामा सिरकले छोपेको अवस्थामा मंगलबार बिहान भावनाको शव फेला परेको थियो।

घटना अनुसन्धानका क्रममा लोकबहादुर भावनाको हत्यामा संलग्न रहेको पाइएपछि ३३ वर्षीय विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए। मृतक महिलाका पति वैदेशिक रोजगारीमा छन्।

मंगलबार साझ खलंगास्थित डेराबाटै लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको हो। उनले भावनाको हत्या गरेको स्वीकार गरेका डीएसपी भट्टराईले बताए।

‘उनीहरुबीच प्रेम सम्बन्ध रहेको देखिन्छ। महिलाले बिहे गर्न प्रस्ताव गरेपछि हत्या गरेको वयान लोकेन्द्रले दिएको छ,’ डीएसपी भट्टराईले भने, ‘महिलाले विवाह गरौं भन्दा विवाद बढेपछि आवेशमा आफैसँगै रहेको छुरी प्रहार गरी हत्या गरेको उसले स्वीकारेको छ।’

असोज २८ गते लोकेन्द्र र भावनाले पतिपत्नी उल्लेख गरेर होटलको कोठा बुक गरेका थिए। मंगलबार बाहिरबाट ढोका बन्द भएको देखेर शंका लागेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। ताला खोलेर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले तालिमप्रप्त कुकुरको सहायतामा अनुसन्धान गर्दा लोकेन्द्र दोषी देखिएका डीएसपी भट्टराईले बताए।

लोकबहादुर बहुविवाह मुद्दामा जेल परेका थिए। रुकुम पश्चिम जिल्ला अदालतले उनलाई ११ महिना कैद तोकेको थियो। उनकी पहिली पत्नी वैदेशिक रोजगारीमा गएपछि उनले दोस्रो विवाह गरेका थिए।

बहु विवाह मुद्दामा ६ महिना कैद भुक्तान गरेका लोकबहादुरलाई गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले सजाय माफी दिएको थियो।

कारागारमा रहँदा पनि भावनाले लोकेन्द्रलाई भेट्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुबचि अनैतिक सम्बन्ध र आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु, चक्कुको खोल, नगद ८५ हजार ८३५ रुपैयाँ र लोकबहादुरको मोबाईल समेत बरामद गरेको छ।

प्रहरीका अनुसार भावना गत बर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका क्षेत्रमा खटिएकी थिइन्। सानीभेरी ९ सिम्लीमा लोकबहादुरले होटेल सञ्चालन गरेका थिए। सोही होटलमा म्यादी प्रहरीले खाना खाने क्रममा उनीहरु नजिकिएका प्रहरीले जनाएको छ।

राष्ट्रपतिबाट आम माफी पाएर छुट्टुअघि लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते उनलाई एक वर्ष कैद सजाय सुनाएपछि २०७९ फागुन १४ गते उनी कैद परेका थिए।

२०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिले आम माफी दिएका थिए।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको