सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी यसैसाथ संलग्न मेमोरन्डम अफ अन्डरस्ट्यान्डिङ बिटुइन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोप्रेसन इन युथ एन्ड स्पोर्ट्स अफेयर्स विषयक समझदारीपत्र स्वीकृत गरी सोही बमोजिमको समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गरेको बताइन्।

उनले नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एन्ड इन्फर्मेसन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने र मन्त्रालयलाई सरकारका तर्फबाट उक्त समझदारीपत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि गरिएको बताइन्।

उनले भनिन्, ‘राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने ।

नेपाल र इजिप्टबीचको युवा तथा खेलकुद सम्बन्धी यसैसाथ संलग्न मेमोरन्डम अफ अन्डरस्ट्यान्डि बिटुइन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ द अरब रिपब्लिक अफ इजिप्ट अन कोप्रेसन इन युथ एन्ड स्पोर्ट्स अफेयर्स विषयक समझदारीपत्र स्वीकृत गरी सोहीबमोजिमको समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने। नेपाल र कतार सरकारबीच हुने संलग्न प्रोटोकल बिटुइन गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ द स्टेट अफ कतार अन कोप्रेसन इन द फिल्ड अफ प्रेस एन्ड इन्फर्मेसन विषयक संलग्न समझदरी पत्र स्वीकृत गर्ने। मन्त्रालयलाई सरकारका तर्फबाट उक्त समझदारी पत्रमा समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने। गृहमन्त्रीज्यू, अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनु हुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ।’

प्रवक्ता शर्माले चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको जानकारी उनले दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here