पथिक प्राज्ञ निगमको खण्डन: गुरु पथिकको छवि धमिल्याउने प्रयास भयो

पथिक प्राज्ञ निगमले यसअघि अन्नपूर्ण टाइम्समा प्रकाशित पथिक प्राज्ञ निगममा अध्यक्ष टंकनाथको रजगझ, विशेष साधारणसभा नै ‘अवैध’ शीर्षकको समाचारलाई खण्डन गरेको छ । अध्यक्ष टंकनाथ पौडेल पथिकको छवि धुमिल गराउने प्रयासस्वरुप असन्तुष्ट सञ्चालकहरूले षडयन्त्र गरेको कम्पनीका संचालक टोपेन्द्र खनालले बताएका छन् ।

यस्तो छ उनले पठाएको खण्डन :

मिति:२०८०/०७/०१

श्री सम्पादकज्यू,
अन्नपूर्ण टाइम्स  अनलाईन पत्रिका

विषय: खण्डन प्रकाशित गरिदिने बारे।

महोदय,
उपरोक्त सम्बन्धमा तपाईको प्रेस ‘ अन्नपूर्ण टाइम्स अनलाईन पत्रिकामापथिक प्राज्ञ निगममा अध्यक्ष टंकनाथको रजगझ, विशेष साधारणसभा नै ‘अवैध’ नामक समाचार माथि हाम्रो ध्यानाकर्षण भएको छ, जुन गम्भिर छ। उक्त समाचारको तथ्यमा देहाय बमोजिमको खन्डनलाई प्रकाशित गरिदिन अनुरोध छ।

  • “डेढ दशकयता उनी ध्यान गुरु ‘सम्बुद्ध रहस्यदर्शी आचार्यश्री पथिक बाबा’ बनेर काठमाडौंको चन्द्रागिरी – ८, मातातिर्थमा योग/ध्यान गराउँछन्

पहिलो प्याराग्राफमा आचार्यश्री पथिकज्यूलाई एक झूठ तथा पाखंडी व्यक्तिको रुपमा उभ्याउन खोजिएको छ। यो शुरुको लाईनले उहाँले मानवीय चेतना जागृतिका लागि गरेका स्वास्थ्य, शिक्षा, योग तथा आध्यात्मका क्षेत्रमा करिब ५० वर्ष भन्दा माथिको अनवरत सेवामाथि व्यङ्ग तथा उपहास गरेको छ। यसले उहाँसँग जोडिएर शिक्षा, स्वास्थ्य, योग तथा अध्यात्मको क्षेत्रमा आफ्नो कल्याणका लागि लागिरहेका हजारौ जिज्ञासु, साधक, बुद्दीजीवी, हितैषी इत्यादिलाई अत्यन्त मर्माहत बनाएको छ। तपाईको यस पत्रिकाका सम्पादक मण्डल सबैलाई यस पथिक प्राज्ञ निगम नामक आधुनिक गुरुकुलमा उहाँले गरेका कार्य, योगदानको अध्ययन, निरिक्षण  तथा  सर्वेक्षणको लागि हार्दिक आमन्त्रण गर्दछौं। वहाँले लेखेका ५० भन्दा बढि पुस्तक, १० ओटाभन्दा बढि आश्रम स्थापना, १० ओटाभन्दा बढि अस्पताल स्थापना, वहाँले दान गरेका २० कठ्ठा भन्दा बढि जग्गा आदिले पनि वहाँको योगदानलाई प्रमाणित गर्दछ ।

  • खासगरी अध्यक्ष टंकनाथले कम्पनी अपारदर्शी र मनोमानी ढंगले सञ्चालन गरेको भन्दै डेढ दर्जन शेयर सदस्यहरू रुष्ट मात्रै छैनन्, उनीहरू न्याय माग्दै अदालतको ढोका ढकढकाउन पुगेका छन् ।”भन्ने उल्लेखित प्याराग्राफ सम्बन्धमा  हाम्रो स्पष्टिकरण छ:- उनीहरुले अदालतमा दिएको मुद्दामा अर्थिक अनियमितताको विषयलाई लिएर दण्ड सजाय माग गरेकोमा दावी पुग्दैन भनि अदालतले फैसला गरिसकेको छ। (नोट: आवश्यकता भएमा अदालतको पूर्ण पाठ सहित हामी उपस्थित हुनेछौँ  )
  • “काम, क्रोध, मोह त्यागेर शान्ति अँगाल्न सिकाइरहेका ‘गुरु’ टंकनाथमाथि व्यवसायिक घात गरेको आरोप छ।” यो लाईन माथि हाम्रो प्रश्न छ:-उहाँले कहाँ कसलाई व्यवसायिक घात गर्नुभयो? २०७६ साल सम्म उनीहरु(प्रबन्ध संचालक- चिरन्जिबी मान शाक्य,संचालक-उषा मास्के)को कम्पनिले गरेका हरेक निर्णयमा (साधारण सभा, लेखा परीक्षण प्रतिवेदनमा उहाँहरुको हस्ताक्षर छ) नेतृत्वदायी भूमिका छ। अदालतको फैसलामा कम्पनिको आर्थिक, प्रशासनिक कार्वाहीलाई सम्पूर्ण रुपमा सुव्यबस्थित र रितपूर्वक गर्नु भन्ने भनाईलाई बाङ्गो टेढो बनाई प्रस्तुत गरिएको।
  • “आर्थिक वर्ष २०६८/६९ मा डिभाइन ग्रेस एकेडेमीको नाम फेरेर ‘पथिक प्राज्ञ निगम प्रालि’ राखि संचालन भइरहेको थियो। यहाँसम्म ठीकठाकै थियो। तर, यसपछि अध्यक्ष टंकनाथ चरम मनोमानी गरेकाले बाध्य भएर आफूहरू अदालतसम्म पुगेको अर्का एक सञ्चालकले बताए । “भन्नेमा अघि पनि उल्लेख भईसकेको छ कि २०७६ साल सम्म निज संचालकहरुको कम्पनिमा नेतृत्वदायी भुमिका थियो। उनीहरु आफैँले हुर्काएको र संचालन गरेको संस्थामा आफ्नो स्वार्थ अनुकुल नहुदाँ आफैलाई सिकाउने गुरुलाई लगाएको अरोप, उहाँको चरित्रहत्या गर्ने प्रयास बमोजिम छ।
  • “कम्पनीको पुँजी बढाउँदा कम्पनीका सञ्चालक अध्यक्ष टंकनाथले पहिलाको ९०० कित्ता शेयर बढाएर ६६ हजार ९ सय ३० कित्ता कायम गराएको उनको भनाइ छ । उनका अनुसार, टंकनाथकै छोरा सुशीलकुमार पौडेलले नयाँ शेयर लिन कबुल गरेको शेयर १३ हजार ३७ कित्ताबराबरको रकम दुवै जनाले कम्पनीको खातामा तत्काल जम्मा नगरी शेयर भने आफ्नो नाममा दाखिल गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत प्रामाणित गराए।”

यो उनीहरूले पाटन उच्च अदालतमा दायर गरेको मुद्धामा राखेको आरोप हो। यसमा पनि कम्पनिलाई सम्पुर्ण अधिकार दिई कार्य गर्न आदेश दिईसकेको अदालतको पुर्ण पाठ  छ।

  • “करिब ३ रोपनीमा बनेको संरचना भाडामा दिने निर्णयलाई पनि अदालतले खारेज गरिदिएको छ । सञ्चालकहरूका अनुसार, अध्यक्ष टंकनाथको समेत लगानी रहेको स्पार्क हेल्थ होम र उनकै संरक्षकत्वमा रहेको पथिक फाउण्डेसन पनि पथिक प्राज्ञ निगमकै भवनमा भाडामा बसेको छ तर त्यसबापत उठेको भाडा रकम अध्यक्षले न कम्पनीको खातामा हालेका छन्, न कतै खर्च भएको विवरण नै देखाएका छन् । “सामुहिक सम्पत्तिमा मनोमानी शिर्षक अन्तर्गत लेखिएको यस समाचारमा स्पार्क हेल्थ होम अस्पताल र पथिक फाउन्डेसनसंग भएको शुरुको सम्झौतामा निज निवेदक संचालकहरुलेनै  हस्ताक्षर गरेको  प्रमाण हामी पेश गर्न सक्छौ र भाडा रकम अध्यक्षले बुझ्ने पनि होइन र कम्पनीको खाता निज निवेदक संचालकहरु चिरन्जिबी मान शाक्य(प्रबन्ध संचालक) र संचालक उषा मास्के मानन्धरको सयुंक्त हस्ताक्षरमा संचालन भैरहेकोमा निजहरुकै लापरवाहीको कारण बैंक खाता Dormant भएको छ।
  • ‘गुरु मानेर टंकनाथ पौडेललाई धेरै विश्वास गर्ने हुँदा हामी विश्वासघातमा पयौं, हामीजस्तै अरु कोही योग, ध्यान, धर्म र अध्यात्मको आडमा अन्यायमा नपरुन् भनेर हामीले कानुनी लडाईं लडेका हौं’, निवेदकहरूले भनेका छन् । यो भनाई सरासर झूठ, कपोल कल्पित र षडयन्त्रमुलक रहेको छ। यो भनाईको पुष्टि गर्न हामी तपाईलाई यथेष्ट प्रमाण दिन सक्नेछौ।

निश्कर्ष:
स्थापना कालदेखि साथै रहेका निहाएत व्यापारिक पृष्ठभूमि सहितका केही सदस्यले भ्रम पैदा गरी यस आध्यात्मिक प्रतिष्ठानको चल-अचल सम्पति बद्नियतपूर्वक बेची खान खोजेको पृष्ठभूमिमा उनीहरुका कार्य तथा अभिव्यक्तिहरु रहेका छन् । पथिक प्राज्ञ निगम तथा पथिक फाउण्डेशन दुवै आचार्यश्री पथिकका बहुआयामिक विचारलाई स्थापित तथा विकसित गर्ने उदेश्यले खोलिएका संस्थाहरु हुन् (हेर्नुहोस्: प्रबंधपत्र, नियमावली तथा विधान)। नेपालका विभिन्न जिल्लाहरुमा आफ्नै भौतिक संरचना, पूर्वाधारहरू सहित हजारौं आजीवन सदस्य विद्यमान रहेको यी संस्थाहरु जो सामाजिक, शैक्षिक, आध्यात्मिक र गौपालन – कृषि क्षेत्रमा नमुनाको रुपमा राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा मान्यता पाई फैलिरहेको प्रतिष्ठानलाई तपांइको अनलाइन पत्रिका मार्फत झुठो सूचना दिइ संस्था, यसका अध्यक्ष तथा यस संस्थाका सदस्यहरु र शुभ चिन्तकहरुको सामाजिक प्रतिष्ठामा आंच आउने गरी निवेदक संचालकहरुले यस समाचार मार्फत आफ्नो लाभ र स्वार्थ पूरा गर्न खोजेको तथ्य प्रष्ट देखिएको छ । निज निवेदक संचालकहरुले आफै मुद्दा दायर गरी सम्मानित अदालतबाट आफ्नो स्वार्थ अनुकूल निर्णय नआएकोले निर्णयलाई बाङ्गोटेडो बनाएर online मिडियामा प्रचारबाजी गरिएको कूरा जगजाहेर रहेको कुरा प्रेषीत गर्न चाहन्छौ।

अन्तमा हामी के भन्न चाहन्छौं भने कुनै समूहले आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यले अदालतको निर्णयलाइ वंग्याइ समाचार बनाउन अन्न पुर्ण टाइम्स  जस्तो प्रतिष्ठित अनलाइन पत्रिकामा पहुंच पुर्याउने र तपांइको पत्रिकाले पनि विषय वस्तुको वास्तविक तथ्य नवुझिकन साथै निजहरुले आरोप लगाएका संस्थाका अध्यक्ष, संचालकहरु र अन्य सम्वन्धित व्यक्तिहरुसंग सूचनाको भेरिफिकेसन नै नगरिकन एकतर्फि रुपमा यस कम्पनी(कानून अनुसार कम्पनी पनि व्यक्ति सरह हुन्छ र यो संस्था कुनै सार्वजनिक वा सरकारी संस्था पनि होइन र यो मुद्दा फौजदारी मुद्दा पनि होइन) मा भएको विवाद (यो विवाद पनि उनिहरुले नै निकालेको हो) मा सम्मानित अदालतले गरेको निर्णय र आदेशलाइ तपांइको प्रतिष्ठित पत्रिकाले कसरी समाचार बनाउन सक्यो ? यो आश्चर्यको विषय बनेको हामीलाइ लागेको छ । अदालतले यस किसिमका देवानी मुद्दामा धेरै फैसला गरेको छ ती फैसलालाइ किन समाचार बनाइएन? भन्ने हाम्रो प्रश्न पनि तपांइमा राख्न चाहन्छौं ।

उहाँहरुले आफै मुद्दा दायर गरी सम्मानित अदालतबाट आफ्नो स्वार्थ अनुकुल निर्णय नआएकोले निर्णयलाई बाङ्गो टेडो बनाएर online मिडियामा प्रचारवाजी गरिएको कुरा जगजाहेर रहेको कुरा प्रेसित गर्न चाहान्छौं । सम्माननिय अदालतले समेत कुनै दावीपुग्न सक्दैन भनेर प्रमाणित गरिसकेको स्थितिलाइ प्रेसले पनि सम्मान गर्न हामी अनुरोध गर्दछौं ।

निवेदक,

टोपेन्द्र खनाल
संचालक, पथिक प्राज्ञ निगम

बोधार्थ: अध्यक्ष,  नेपाल प्रेष काउन्सिल |

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको