बाँके – बाँकेमा आज दिनभर मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ । आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिँदैछ । जस कारण धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले मदिरा किनबेच र उपभोगमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड-नदी घाटहरूमा विसर्जन ¥याली सञ्चालन गरिने परम्परा रहेको सबैमा विदितै छ । दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन ¥याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पु¥याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८.०० देखि राति १२.०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ ।’
जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ ।
सूचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिप्रकाले जनाएको छ ।