प्रधानसेनापति शर्मा आज चीन भ्रमणमा जाँदै

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार चीन भ्रमणमा जाँदै छन्। उनी बिहान ११ बजे चीन प्रस्थान गर्ने सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। चिनिया जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्।

कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो। चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा प्रधानसेनापति सहभागी हुने कार्यक्रम तय भएको भण्डारीले बताए।

चीनमा रहँदा शर्माले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्ने बताइएको छ। नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्री चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो।

विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन। प्रधानसेनापतिको चीन भ्रमणका वेला यो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ। प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमण गरेका थिए।

उनी कात्तिक १६ गते स्वदेश फर्किने छन्।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको