काठमाडौं – गृह मन्त्रालयले महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ। सोमबार सरुवा भएका दुबै जना एसएसपी एउटै व्याचका हुन। काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुबै ठाउँ रिक्त भएका थिए।
ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए भने थापा आर्थिक प्रशासन शाखामा थिए । ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् ।
ज्ञवालीसँग रुपन्देही,सिरहालगायतका जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ भने थापाले चितवनलगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् । काठमाडौं परिसर र अपराध महाशाखा चुनौतीपूर्ण र आकर्शक ठाउँ हुन। प्रहरी अधिकारीको करिअरका लागि दुबै ठाउँ महत्वपूर्ण मानिन्छ ।