ब्रोम्दिङ डाँडा: धादिङको नयाँ पर्यटकीय गन्तव्य (फोटो फिचर)

काठमाडौँ – धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा रहेको ब्रोम्दिङ डाँडाको प्रचारप्रसार गर्न ‘पर्यटन महोत्सव’ आयोजना गरेको छ । कार्तिक १५ र १६ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ एक्सप्लोर गरिएको हो ।

नेपाल पर्यटन बोर्डको प्रवर्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा भएको  महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका थिए।

झण्डै २१ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो । राजधानी काठमाडौँबाट चार घण्टाको मोटर यात्रामै पुग्न सकिन्छ। ब्रोम्दिङमा शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।

स्थानीय ढिँडो, सिस्नोको साग, स्थानीय कुखुराको मासु पाइने ब्रोम्दिङमा तामाङ समूदायले सबैभन्दा धेरै मन पराउने ‘लोकल रक्सी’ प्रशस्त पाइन्छ । नागढुंगा–मुग्लिन सडकखण्डको विशालटारबाट २३ किलोमिटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थमभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।

गर्मीमा चिसो हुने र हिउँदमा हिउँ पर्ने थमभञ्ज्याङ र ब्रोम्दिङ पछिल्लो समय स्थानीय तथा आन्तरिक पर्यटकको रोजाईमा परेको गन्तव्य हो ।

ब्रोम्दिङ डाँडाबाट हेटौंडा, रक्सौल, धादिङका विभिन्न ठाउँ देखिन्छन् । आँखैअगाडि सेतै हिमाल प्रष्टसँग देखिने ब्रोम्दिङ मकवानपुर, धादिङ र चितवनको सीमा पनि हो । मकवानपुरको कैलाश गाउँपालिका, धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको केन्द्रका रुपमा रहेको ब्रोम्दिङ गाउँमा हिउँ परेको बेला शैलुङ र हिउँ नपरेको बेला दामनको जस्तो चिसो मौसमी हावाको आनन्द लिन सकिन्छ ।

ब्रोम्दिङ गाउँ वरपरका अन्य चेपाङ बस्ती, तामाङ बस्ती र डाँडाहरु पनि त्यत्तिकै सुन्दर रहेको छ ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको