काठमाडौं – नेपाल प्रहरीमा प्राविधिक प्रहरी सहायक निरीक्षकदेखि प्राविधिक प्रहरी निरीक्षकसम्मको पदमा जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।
सूचना अनुसार प्राविधिक तर्फका सञ्चार, सूचनाप्रविधि कम्प्युटर, सिभिल इन्जिनियर, इलेक्ट्रिकल, हातहतियार, स्वास्थ्य समूहका प्रहरी सहायक निरीक्षक (असइ) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मका लागि दरखास्त आह्वान गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।
हेर्नुहोस् विज्ञापन