प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट अस्पताल पुगेर भूकम्पबाट घाइते भएकाहरूको अवस्था बुझेका छन्। प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित आज बिहानै जाजरकोटका पुगेका थिए ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ।
भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको छ ।