पाँच दिनका लागि नेपाल टेलिकमको फोन तथा म्यासेज निःशुल्क

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा शनिबार मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ। कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ। यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुनेछ। उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकताअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइने पनि अधिकारीले बताए।

सिफारिस

४ महिला नेतृत्वको फोटो राख्दै ओलीले लेखे– मलाई पनि खुसी लागेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् । ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्। जसअनुसार...

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार ८८ वर्षीया...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास क्षेत्रमा अवस्थित छ। यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रिटिङ रिटिङ नबजाउ बिनायो बोलको चर्चित गीतका गायक जोशीको निधन

काठमाडौं – ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो...

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, हेर्नुहोस् यस्तो छ ३ दिनको मौसम

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

रामेछापमा पहिरोमा पुरिएर एकै घरका तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएका...

गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं– सरकारले कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त...

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं - सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा...

धेरै पढिएको