उदयपुरका थप आठ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर – उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा पिसिआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरूको स्वाब पुन परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। धरानमा गरिएको परीक्षणका क्रममा उनीहरूमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

वीपीमा क्रस चेक गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका सह-प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए। ‘यहाँ हामीले क्रस भेरिफिकेसन गर्दा ८ जनालाई पाेजेटिभ देखिएकाे छ। बिपी प्रतिष्ठानमा स्वाब लिएर विराटनगर पठायौ’, उनले भने, ‘आज दिउँसो उनीहरुलाई दुईवटा एम्बुलेन्समा हालेर प्रहरीको स्कटिङमा ल्याइएको थियो।’

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ। यसअघि आजै रास्ट्रिय प्रयोगशाला टेकुमा पनि उदयपुरकै एकजनामा पोजेटिभ देखिएको थियो।

उदयपुरको भुल्केका १२ जनामा पहिले नै संक्रमण पुष्टि भएको थियो। उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको