आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ ।
फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुगेका हुन । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् ।
फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । याे समाचार तयार पार्दासम्म ओमानले ११ ओभरमा २ विकेट गुमाएर १०९ रन बनाएकाे छ ।