सरकारले भन्यो, यी ९ बैंकका खातामा भूकम्प पीडितका लागि रकम जम्मा गर्दिनु

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको खोज, उद्धार र उनीहरूलाई राहतका लागि सरकारले देश–विदेशमा रहेका सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अपिल गरेको छ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो।

त्यसका लागि सरकारले नौवटा बैंकका खाता नम्बर उपलब्ध गराएको छ।

‘विपद्‌को यस दुःखद घडीमा खोज, उद्धार र राहतका लागि क्रियाशील रहनुभएका सम्पूर्ण महानुभावहरू एवम् संघसंस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यसको निरन्तरता र थप सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ’, सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘यस्तो संवेदनशील घडीमा देशविदेशमा रहनुभएका सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तपसिलमा उल्लिखित खातामा रकम जम्मा गर्न सकिने बेहोरासमेत अनुरोध छा’

१. राष्ट्रिय बाणिज्य बैंक, पुतलिसड़क चल्ती खाता नम्बर ११३०१००००३७६२००१

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ, चल्ती खाता नम्बर ००१००२०१००२९०७०१४

३. नेपाल बैंक लिमिटेड, काठमाडौँ, चल्ती खाता नम्बर००२००१००५१००३९०००००१

४. एभरेस्ट बैंक लिमिटेड, नयाँबानेश्वर, चल्ती खाता नम्बर ००१०११०२२०००१२

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट, चल्ती खाता नम्बर ०००१०१३२४३८०१

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर, चल्ती खाता नम्बर०४११०१००००००५

७. हिमालयन बैंक लमिटेड, ठमेल, चल्ती खाता नम्बर ०१९०५६३१२१००११

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग, चल्ती खाता नम्बर १७५००१७५०५२८५

९. हिमालयन बैंक लिमिटेड, कमलादी, चल्ती खाता नम्बर ०१९०५६३१२१००४६

हेर्नुहोस् सूचना-

सिफारिस

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु धमाधम निर्माण गरिँदै छ । प्रतिनिधि सभा चुनावको लागि काठमाडौं उपत्यकालगायत देशैभरको विभिन्न मतदानस्थलमा निर्वाचन...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको