बालेनले ल्याए साथी महानगर स्वर्णिम योजना, कस्ता व्यक्तिले पाउँछन् राहत ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले साथी महानगर स्वर्णिम योजना ल्याएका छन्।  भेटौँला, महानगरवासीको दुःख मेटौँला  भन्दै सामाजिक संजाल फेसबुक मार्फत योजना सार्वजनिक गरेका हुन्।

महानगरबासीका सुख दुःखमासँगै रहने भन्दै सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको उनले उल्लेख गरेका छन् ।

‘सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् । यसका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।’ उनले भनेका छन्।

यस्तो छ उनले लेखेको स्टाटस 

भेटौँला, महानगरवासीको दुःख मेटौँला । महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।

महानगरबासीका सुख दुःखमासँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् । यसका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।

तपाईँका यस्ता समस्यामा हामी साथ दिन्छौँ । तपाईँ काठमाडौँ महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला ।

यसरी सम्पर्क गर्न जाँदा तपाईँलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो, ब्यहोरा खुलेको निवेदन लिएर जानु होला । निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्नुहोला ।

किरिया खर्च
यदि विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउने छ । महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको , कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ ।

यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ ।

सुत्केरी सहयोग
शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने छ ।

यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ ।
सम्पर्क : 9841985490

सिफारिस

आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले...

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal) चरा भेटिएको छ। ललितपुरको नागदहमा हालै प्रताप गुरुङ र गंगाराज सुनुवारले यस चरालाई क्यामेरामा कैद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्जा मन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

काठमाडौं उपत्यकामा भेटियो दुर्लभ ‘बैकल टिल’ चरा 

काठमाडौं – काठमाडौं उपत्यकामा दुर्लभ बैकल टिल (Baikal Teal)...

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

धेरै पढिएको