काठमाडौं – यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।
आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गरेका हुन् ।
यस वर्ष कार्तिक २६ गते लक्ष्मी पुजा, कार्तिक २८ गते गोबर्दन पुजा, र कार्तिक २९ गते भाईटीका रहेको छ । कार्तिक २६ देखि कार्तिक ३० गतेसम्म सरकारले सार्वजनिक विदा दिएको छ ।

