गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयले गठन गर्यो कार्यदल

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

अर्थमन्त्री प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा शुक्रबार बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। यसमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य छन् भने कृषि मन्त्रालयका सहसचिव सदस्य-सचिव रहने छन्।

कार्यदलले काम सुरू गरेको एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको बैठकमा अर्थमन्त्री महतले बताए।

यो कार्यदललाई दुईवटा विषय म्यान्डेट दिइएको छ। यसले गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्यता के छ भन्नेबारे अनुसन्धान गर्नेछ। गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ।

चालू आर्थिक वर्षको बजेटमा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने उल्लेख थियो। बजेट वक्तव्यको १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री महतले उल्लेख गरेका थिए।

सिफारिस

कप्तान दीपेन्द्रको शानदार अर्धशतकमा विराटनगरलाई सुदूरपश्चिमको १८३ रनको चुनौती (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेट, जनमुक्ति सेनालेद्वारा ‘गार्ड अफ अनर’ प्रदान (तस्वीरहरू)

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज बिहान स्वागत गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्मानमा...

एनपीएल: आज भिड्दै छन् यी ४ टिम

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) पनि दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने आजको पहिलो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच भेट, जनमुक्ति सेनालेद्वारा ‘गार्ड अफ अनर’ प्रदान (तस्वीरहरू)

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ...

एनपीएल: आज भिड्दै छन् यी ४ टिम

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार)...

एनपीएल: सुदूरपश्चिमसँग खेल्दै विराटनगर

विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

कीर्तिपुरमा कांग्रेसले गर्यो ‘क्लिनस्विप’, २ वडाध्यक्षसँगै मेयर पदमा डंगोल विजयी

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ। आइतबार...

आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर...

धेरै पढिएको