गगन थापाको तर्क: गणतन्त्र जोगाउन शीर्ष नेताले राजनीति छाेड्न पर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्र ल्याउनका लागि लडेका सवै दलका शीर्ष नेतालाई राजनीतिबाट विदा लिन सुझाव दिएका छन् । गणतन्त्रमाथि कसैले केही गर्न नसक्ने तर अहिलेकै नेतृत्व रहिरहन भने नहुने उनको तर्क छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका लागि लडेका नेताहरुलाई समिक्षात्मक बैठकका लागि बोलाए लगत्तै गणतन्त्रका लागि कांग्रेस भित्र लडेका नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू( शीर्ष नेता ) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो। मैले भन्दै आएको छु, फेरी भन्छु-‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’ ‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।’

सिफारिस

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ ।...

हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा...

आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि...

यस्ता छन् ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू

काठमाडौं - सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई...

धेरै पढिएको