यस्तो छ आगामी ३ दिनको मौसम, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज (बुधबार) पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनयता याे क्रम जारी छ।

बुधबार बिहान ६ बजे आफ्नो वेबसाइटमार्फत महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने र अपराह्नपछि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको हो। साथै मध्य र पूर्वी तराईका समेत केही ठाउँमा आज चट्याङ/हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको छ।

त्यसैले होसियारी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। केही दिनयता हावाहुरी तथा चट्याङले भौतिक तथा मानवीय क्षति गरिरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उसले भनेको छ- देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार यो खबर लेख्दासम्म कतै वर्षा भएको छैन, मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने पश्चिमी भूभागमा मौसम आंशिक बदली भएको छ।

अहिले नेपालमा स्थानीय वायुका साथै पश्विमी वायुको समेत प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान

वैशाख १०गते (बुधबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।देशका पहाडी भू-भागका धेरै स्थानमा र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ११गते (बिहीबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका धेरै स्थानमा र मध्य र पश्चिमी तराईका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा र मध्य र पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख १२ गते (शुक्रबार)

दिउँसोः देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पूर्वी भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित वर्षाको सम्भावना छ। पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको