अपेक्षाले भारतको दिल्लीमा पाइन् “नेपलिज टिन फेसन मोडल-फेसन वेभ अवार्ड “

नेपाली टिन मोडल अपेक्षा शेरचन ले भारतमा नेपलिज टिन फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेकी छिन् । करिब करिब ३ तीन बर्षको उमेरदेखि आफ्नो रूचि अनूसार स्टेजमा नृत्य गर्दै आएकी अपेक्षाले त्यस लगत्तै नृत्य संगसंगै मोडलिङ र एकटिङ, बिभिन्न ब्यूटी पेजेन्टको क्षेत्रमा सकृय रहदै आएकी अपेक्षाले शुक्रबार राती भारतको दिल्लीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्राप्त गरेका हुन् । भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो ।

झण्डै दुई दर्जन चलचित्र र सिरिजहरुमा अभिनय गरेकी भारतीय कलाकार अमायरा दस्तुरले उक्त अवार्ड हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा दिक्पाल कार्कीले आईकोनिक नेपलिज फेसन मोडल अवार्ड र राजन बुढाथोकी ले डायनमिक नेपाली इभेन्ट अर्गनाइजर अवार्ड प्राप्त गरेका थिए ।

अपेक्षा ले कैयन राष्ट्रिय तथा २०१८ मा थाइल्याण्ड ईण्टरनेशनल फेस्टीभल फेसन शो मा समेत सहभागी जनाईसकेकी छिन् र कैयन पुरस्कार हरू हात पारीसकेकी छिन ।।

फेसन मोडल किड्स अवार्ड २०१८ , नेप्लिज फेसन होम द्वारा किड क्विन–२०१८ मा सोसल वेलफेयर चिफ एम्बासडर अवार्ड , किड्स एन टिन फेसन मोडल फस्ट रनर अप र मिस ट्यालेनट , एच एन्ड एम फेसन शो २०१९ बाट मिस ट्यालेनट, मिस अनलाईन पपूलारिटी, मिस अरगनाईजर च्वाईस , नई देरूनिखपू कोपिला बाल पुरस्कार २०७५ , बेस्ट किड्स मोडेल अवार्ड २०२० , स्पर्श म्युजिक भिडियो अवार्ड २०२० , पेजेन्ट नेपाल ईण्टरनेशनल अवार्ड बाट बेस्ट इन्टरनेशनल फेसन मोडल प्रिटिन अवार्ड २०२१ , नेप्लिज फेसन होम द्वारा स्पेशल किड क्विन नेपाल २०२२ र अरू पनि बिभिन्न अवाई र सम्मान पत्र हरू हात पारीसकेकी छिन ।।

हालसम्म उनले ३ दर्जनभन्दा बढी स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुती दिइसकेकी छिन् ।। विभिन्न सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता तथा फेसन शोहरुमा समेत उनले कैयन पटक सहभागिता जनाएर विभिन्न अवार्ड तथा प्रमाणपत्रहरु पाइसकेकी छिन् ।

अपेक्षाले केही म्युजिक भिडियोहरुमा पनि अभिनय गरीसकेकी छिन् भने पछिल्लो पटक को चाइल्ड भरजन “रूदा-रूदै” को अभिनय मा ऊनी सर्वाधिक मन पराईएको थियो ।

अपेक्षाले थाईल्याण्ड इन्टरनेशनल फेस्टिभलमा आयोजित फेसन शोमा समेत सहभागिता जनाई सकेकी छिन

सिफारिस

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शासन प्रणालीहरू समाप्त भइसकेको उल्लेख गर्दै अहिले देखिएको...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेका बेला काठमाडौं र दिल्ली दुवैतिर सुनिएका ‘गड्याङगुडुङ’...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ।...

भर्खरै

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

मनाइयो अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस, दुई सैनिकका परिवारलाई सम्मान

काभ्रे - विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिएका तथा...

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

धेरै पढिएको