राजतन्त्रका षड्यन्त्रकारी सल्बलाए अर्को जनयुद्ध हुने विप्लवको चेतावनी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन्।

शुक्रबार रोल्पाको थबाङमा आयोजित १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने उद्घोष गरेका हुन्।

महासचिव विप्लवले चुनवाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत आरोप लगाए। ‘चुनवाङ बैठकपछि काठमाडौँ उत्रेका हौँ। तर परिस्थिति उल्टो बन्यो। कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो,’ उनले भने।

विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको बताए। जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौँमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको उनको तर्क थियो।

इमानदार माओवादीले जनता, सहिद र घाइतेलाई बिर्सन नहुने उनले बताए। ‘हामी ज्युँदै छौँ भन्न रोल्पा आएका हौँ,’ उनले भने।

कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्।

‘पछिल्लो समय देशमा केही लुटेराहरू सल्बलाएका छन्। यो एकैछिनको नाटक हो। यो षड्यन्त्रको जमेर प्रतिवाद गरिन्छ,’ उनले भने।

उनले चेतावनी दिँदै अघि भने, ‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ।’

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको