राजतन्त्रका षड्यन्त्रकारी सल्बलाए अर्को जनयुद्ध हुने विप्लवको चेतावनी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन्।

शुक्रबार रोल्पाको थबाङमा आयोजित १०औं पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने उद्घोष गरेका हुन्।

महासचिव विप्लवले चुनवाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत आरोप लगाए। ‘चुनवाङ बैठकपछि काठमाडौँ उत्रेका हौँ। तर परिस्थिति उल्टो बन्यो। कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो,’ उनले भने।

विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको बताए। जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौँमा पनि स्थापित गर्ने उद्देश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको उनको तर्क थियो।

इमानदार माओवादीले जनता, सहिद र घाइतेलाई बिर्सन नहुने उनले बताए। ‘हामी ज्युँदै छौँ भन्न रोल्पा आएका हौँ,’ उनले भने।

कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्।

‘पछिल्लो समय देशमा केही लुटेराहरू सल्बलाएका छन्। यो एकैछिनको नाटक हो। यो षड्यन्त्रको जमेर प्रतिवाद गरिन्छ,’ उनले भने।

उनले चेतावनी दिँदै अघि भने, ‘जनयुद्धको रक्षा गर्ने पार्टी ज्युँदै छ, षड्यन्त्रको सपना नदेखे हुन्छ।’

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको