सिग्देल रथी बढुवाका लागि सिफारिस, शर्मापछि प्रधानसेनापति बन्ने

काठमाडौं – जंगीअड्डाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवाका लागि सिफारिस गरेको छ। यसअघि बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले जन्ममिति कीर्ते गरेको अभियोगमा राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बढुवाका लागि सिग्देललाई सिफारिस गरेका हुन्।

सैनिक मुख्यालयमा शुक्रबार रथी सिताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवाका लागि सिफारिस गरेको हो। सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले सिग्देललाई रथी पदमा बढुवाका लागि सिफारिस गरिएको बताए। उपरथी पाण्डेको राजीनामा भने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ।

उमेरलाई लिएर विवाद भएपछि सिग्देलविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। आयोगले उजुरीबारे टुंगो नलगाउँदै जंगीअड्डाले सिग्देललाई रथीमा बढुवाका लागि सिफारिस गरेको हो।

सिग्देलमाथि लागेको आरोप निर्दोष ठहरिए प्रभुराम शर्मापछि उनी नेपाली सेनाको प्रधानसेनापति बन्नेछन्। आगामी भदौ २५ गते उनी प्रधानसेनापति बन्नेछन्।

जंगीअड्डाले सिफारिस गरेसँगै मन्त्रिपरिषद् बैठकले उनको बढुवा गर्नेछ। तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पाण्डे र सिग्देलको जन्ममितिमा कैफियत रहेको भन्दै छानबिन गरेका थिए। तर उक्त छानबिनको निष्कर्षबारे प्रधानसेनापति थापाले त्यसबेला केही बोलेका थिएनन्। उक्त छानबिन समितिमा हालका प्रधानसेनापति शर्मासमेत सदस्य रहेका थिए।

सिफारिस

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ ।...

हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा...

आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि...

यस्ता छन् ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू

काठमाडौं - सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई...

धेरै पढिएको