आइपिएल : १० टीमले रिलिज गरे खेलाडी, को को परे ?

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आउँदो सिजनका लागि खेलाडी रिटेन र रिलिज गर्ने समय सकिएको छ ।

डिसेम्बर १९ मा हुने अक्सन अघि आइपिएलले खेलाडी रिटेन र रिलिजका लागि नोभेम्बर २६ को अपराहन्न ४:१५ बजेसम्मको समय दिएको थियो । सोहि अनुसार आइपिएलका १० टिमले आफ्ना रिटेन गरेका र रिलिज गरेका खेलाडी आइपिएल गर्भर्निंग काउन्सिललाई बुझाएका छन् ।

आइपिएलमा एक टिमले कम्तीमा १८ खेलाडी र बढीमा २५ खेलाडी राख्न सक्छ, जसमा बढीमा आठ विदेशी खेलाडी पनि राख्न पाउँछ । तर, प्लेइङ–११ मा चार विदेशी खेलाडीलाई मात्रै मौका दिन सकिन्छ ।

रोयल च्यालेन्जर्स बैंग्लोर
रोयल च्यालेन्जर्स बैंग्लोरले १२ खेलाडीलाई रिलिज गरेको छ । जसमा वानिन्दु हसरंगा, हर्षल पटेल, जोस हेजलवुड, फिन एलेन, माइकल ब्रेसवेल, डेभिड विली, वेन पारनेल, सोनु यादव, अविनाश सिंह, सिद्धार्थ कौल, केदार जाधव रहेका छन् । त्यस्तै बैंग्लोरले शाहबाज अहमदलाई सनराइजर्स हैदराबाद बेचेको छ भने उनको स्थानमा हैदरावादबाट मयंक डागरलाई भित्र्याएको छ ।

बैंग्लोरको हालको टिम
विराट कोहली, फाफ डुप्लेसिस (कप्तान), दिनेश कार्तिक, अनुज रावत, रजत पाटीदार, सुयश प्रभुदेसाई, ग्लेन म्याक्सवेल, महिपाल लोमरोर, मयंक डागर, मनोज भण्डागे, आकाश दीप, मोहम्मद सिराज, टोपसे शर्मा, मोहम्मद सिराज। , हिमांशु शर्मा, राजन कुमार, विशाक विजय कुमार र विल ज्याक ।

मुम्बई इन्डियन्स
मुम्बई इन्डियन्सले ११ खेलाडी रिलिज गरेको छ । जसमा मोहम्मद अरशद खान, रमनदीप सिंह, ऋतिक शौकीन, राघव गोयल, जोफ्रा आर्चर, ट्रिस्टन स्टब्स, डुआन यान्सेन, जे रिचर्डसन, रिले मेरिडिथ, क्रिस जोर्डन र सन्दीप वारियर रहेका छन् ।

यसअघि मुम्बईले हार्दिक पाण्डेयलाई गुजरात टाइटन्सबाट भित्र्याउने भनेपनि अहिले हार्दिक गुजरातमै रहेका छन् । तर मुम्बईले हार्दिकलाई ट्रेडबाट भित्र्याउन सक्ने डिसेम्बर १२ सम्म रहेको छ । त्यस्तै मुम्बई रोमारियो शेफर्डलाई ट्रेडबाट भित्र्याएको छ ।

मुम्बई इन्डियन्सको वर्तमान टिम
रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, देवाल्ड ब्रेविस, विष्णु विनोद, नेहल वढेरा, शम्स मुलानी, अर्जुन तेन्दुलकर, तिलक वर्मा, टिम डेभिड, शम्स मुलानी, क्यामरन ग्रीन, जसप्रित बुमराह, बेसनडर्फ, जेसन, पियुष चावला, कुमार कार्तिकेय, आकाश मधवाल, रोमारियो शेफर्ड ।

गुजरात टाइटन्स
गुजरात टाइटन्सले आफ्नो कप्तान हार्दिक पाण्ड्यालाई रिटेन गरेको छ । यसअघि हार्दिक मुम्बई जाने अड्कलबाजी गरिएको थियो । मुम्बईले ट्रेडबाट हार्दिकलाई भित्र्याएको बताइएपनि गुजरातले रिटेन गरेको सूचीमा हार्दिकलाई राखेको छ । हार्दिकलाई मुम्बईले ट्रेड गर्नसक्ने समय डिसेम्बर १२ सम्म रहेकाले हार्दिकको मुम्बई जाने सम्भावना अझै कायम रहेको बताइएको छ ।

गुजरातले आठ खेलाडीलाई रिलिज गरेको छ । जसमा यश दयाल, केएस भरत, शिवम मावी, उर्विल पटेल, प्रदीप सांगवान, ओडियन स्मिथ, अल्जारी जोसेफ र दासुन शनाका रहेका छन् ।

गुजरात टाइटन्सको हालको टिम
हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, केन विलियम्सन, डेभिड मिलर, अभिनव मनोहर, ऋद्धिमान साहा, म्याथ्यू वेड, साई सुदर्शन, राहुल तेवाटिया, विजय शंकर, जयंत यादव, दर्शन नाल्कांडे, मोहम्मद लि जोतल, आर साई किशोर, मोहित शर्मा, नूर अहमद र राशिद खान ।

लखनऊ सुपर जायन्ट्स
लखनऊ सुपर जायन्ट्सले नौ खेलाडीलाई रिलिज गरेको छ । जसमा जयदेव उनाडकट, डेनियल साम्स, मनन वोहरा, स्वप्निल सिंह, करण शर्मा, अर्पित गुलेरिया, सूर्यांश शेडगे, करुण नायर रहेका छन् । यसबाहेक लखनउले आवेश खानलाई राजस्थानलाई बेचेको छ भने उनको सट्टामा देवदत्त पडिक्कललाई भित्र्याएको छ । त्यस्तै रोमारियो शेफर्डलाई मुम्बईलाई बेचेको छ ।

सनराइजर्स हैदरावाद
सनराइजर्स हैदरावादले सात खेलाडीलाई रिलिज गरेको छ । जसमा ह्यारी ब्रुक, समर्थ व्यास, कार्तिक त्यागी, विवरान्त शर्मा, अकिल हुसैन, आदिल राशिद रहेका छन् । यसबाहेक मयंक डागरलाई रोयल च्यालेन्जर्स बैंग्लोरलाई बेचेको छ भने उनको स्थानमा बैंग्लोरबाट शाहबाज अहमदलाई भित्र्याएको छ ।

कोलकाता नाइट राइडर्स
कोलकाता नाइट राइडर्सले १२ खेलाडी रिलिज गरेको छ । जसमा शकिब अल हसन, लिटन दास, आर्य देसाई, डेभिड वीस, एन जगदीसन, मनदीप सिंह, कुलवंत खेजरोलिया, शार्दुल ठाकुर, लोकी फर्ग्युसन, उमेश यादव, जोनसन चार्ल्स र टिम साउथी रहेका छन् ।

कोलकाता नाइट राइडर्सको हालको टिम
श्रेयस अय्यर (कप्तान), रिंकु सिंह, रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल, नितिश राना, वेंकटेश अय्यर, जेसन रोय, अनुकुल रोय, सुनील नारायण, वैभव अरोरा, हर्षित राना, सुयश शर्मा र वरुण चक्रवर्ती ।

पञ्जाब किंग्स
पञ्जाब किंग्सले पाँच खेलाडीलाई रिलिज गरेको छ । जसमा भानुका राजपाक्षे, मोहित राठी, बलतेज ढण्डा, राज अंगद बावा र शाहरुख खान रहेका छन् ।

राजस्थान रोयल्स
राजस्थान रोयल्सले १० खेलाडी रिलिज गरेको छ । जसमा जो रुट, अब्दुल बासिथ, जेसन होल्डर, आकाश वशिष्ठ, कुलदीप यादव, ओबेद म्याकोय, मुरुगन अश्विन, केसी करिप्पा, केएम आसिफ रहेका छन् । त्यस्तै देवदत्त पडिक्कललाई लखनउलाई बेचिएको छ भने उनको स्थानमा आवेश खानलाई भित्र्याइएको छ ।

दिल्ली क्यापिटल्स
दिल्ली क्यापिटल्सले ११ खेलाडी रिलिज गरेको छ । जसमा रिले रुसी, चेतन सक्रिया, रोभमान पावेल, मनिष पाण्डे, फिल साल्ट, मुस्ताफिजुर रहमान, कमलेश नगरकोटी, रिपल पटेल, सरफराज खान, अमन खान, प्रियम गर्ग रहेका छन् ।

दिल्ली क्यापिटल्सको वर्तमान टिम
ऋषभ पन्त (कप्तान), डेभिड वार्नर, पृथ्वी शा, यश धुल, मिचेल मार्स, ललित यादव, अक्षर पटेल, विक्की ओस्टवाल, एनरिक नोर्टजे, खलील अहमद, लुंगी एनगिडी, इशान्त शर्मा, मुकेश कुमार, कुलदीप यादव र प्रवीण दुबे ।

चेन्नई सुपरकिंग्स
चेन्नई सुपर किंग्सले बेन स्टोक्ससहित आठ खेलाडीलाई रिलिज गरेको छ । स्टोक्स बाहेक रिलिज हुने खेलाडीमा अम्बाती रायुडु (रिटायर्ड), प्रिटोरियस, भगत वर्मा, शुभ्रांशु सेनापति, आकाश सिंह, काइल जेमिसन, सिसान्डा मगला रहेका छन् ।

चेन्नई सुपर किंग्सको वर्तमान टिम
डेभोन कोनवे, रुतुराज गायकवाड, महेन्द्र सिंह धोनी (कप्तान), शेख राशिद, अजिंक्य रहाणे, मिचेल सान्टनर, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, निशान सिन्धु, अजय मण्डल, दीपक चहर, तुषार देशपांडे, मुकेश चौधरी, महिश तिक्षिना, सिमरजीत सिंह, राजवर्धन हांगरगेकर, मथिशा पाथिराना र प्रशान्त सोलंकी ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको