मंगलबार बेलुकी भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । आजै बेलुकी सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पनि भूकम्प गएको थियो ।
बेलुकीको भूकम्प पलाँसे आसपास केन्द्रविन्दु भएर राति ८ बजेर ५० मिनेटमा गएको हो । उक्त भूकम्प ३.२ म्याग्निच्युडको रहेको भूकम्पमापन केन्द्रले जनाएको छ ।
यसअघि गत ७ गते राति १ बजेर १९ मिनेट जाँदा मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।