रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु, राजदूतावासले निकाल्यो विज्ञप्ति

रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेससँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो।

दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो। रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।

तीनजनाको मृत्यु भएको आधिकारिक जानकारी आएको छ । तर, थप दुई–तीनजना नेपालीको पनि मृत्यु भएको भनेर परिवार आएका छन् । मस्कोस्थित दूतावासबाट पुष्टि गर्ने क्रममा छौँ,’ परराष्ट्रका एक अधिकारीले भने ।

रुसको हमलापछि युक्रेनमा बसेका सबैजसो नेपाली एक महिनाभित्रै बाहिरिएका थिए । त्यसयता रुस र युक्रेनबीचको लडाइँ रोकिएको छैन । हालसम्म रुस र युक्रेनका पाँच लाखभन्दा बढी सैनिक युद्धका क्रममा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयका अनुसार हालसम्म करिब १० हजार सर्वसाधारण युद्धमा मारिएका छन् ।

परराष्ट्र मन्त्रालयले १६ साउनमा सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आह्वान गरेको थियो । ‘परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको थियो, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ ।’ रुसी सेनामा नेपाली भर्ती हुँदै आएको विवरण बिबिसी, न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेपछि सरकारले सचेत गराएको थियो । साथै, सरकारले रुसी सेनामा नेपाली नरहेको जवाफ पनि दिँदै आएको थियो । अनौपचारिक स्रोतहरूबाट प्राप्त सूचनाअनुसार रुसी सेनामा करिब दुई सय नेपाली भर्ती भएको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

रुसले विदेशी नागरिकलाई सेनामा भर्ती गराउन गत वर्ष कानुन नै संशोधन गरेको थियो । गत वर्ष २० सेप्टेम्बरमा रुसको संसद्ले पारित गरेको कानुनमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिकलाई नागरिकता दिने उल्लेख छ । रुसी संसद् डुमाको वेबसाइटअनुसार कानुनमा भनिएको छ, ‘रुसी सशस्त्र बल, सेना वा सैन्य संरचनाअन्तर्गत सेवामा कम्तीमा एक वर्षका लागि भर्ती सम्झौतामा हस्ताक्षर गर्ने विदेशी नागरिकले आवास अनुमतिविना पनि सरल प्रक्रियाअन्तर्गत रुसको नागरिकता प्राप्त गर्न सक्षम हुनेछन् ।’

विद्यमान कानुनअनुसार विदेशी नागरिकले सेनामा कम्तीमा तीन वर्ष करारमा काम गर्नुपर्ने प्रावधान राखिएको डुमाको वेबसाइटमा उल्लेख छ । ‘यस अतिरिक्त कानुनमा गरिएको संशोधनले सिपाही, सार्जेन्ट र सार्जेन्ट मेजरको श्रेणीमा सैनिक सेवामा प्रवेश गर्ने विदेशी नागरिकसँग पहिलो सेवा सम्झौता सम्पन्न भएको अवधिलाई पाँच वर्षबाट घटाएर एक वर्ष गर्ने प्रस्ताव गरेको छ,’ डुमाले पारित गरेको कानुनमा भनिएको छ । यही कानुनअनुसार रुसी सेनामा विदेशी नागरिकको भर्ती हुँदै आएको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको