रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु, राजदूतावासले निकाल्यो विज्ञप्ति

रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेससँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो।

दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो। रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।

तीनजनाको मृत्यु भएको आधिकारिक जानकारी आएको छ । तर, थप दुई–तीनजना नेपालीको पनि मृत्यु भएको भनेर परिवार आएका छन् । मस्कोस्थित दूतावासबाट पुष्टि गर्ने क्रममा छौँ,’ परराष्ट्रका एक अधिकारीले भने ।

रुसको हमलापछि युक्रेनमा बसेका सबैजसो नेपाली एक महिनाभित्रै बाहिरिएका थिए । त्यसयता रुस र युक्रेनबीचको लडाइँ रोकिएको छैन । हालसम्म रुस र युक्रेनका पाँच लाखभन्दा बढी सैनिक युद्धका क्रममा मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयका अनुसार हालसम्म करिब १० हजार सर्वसाधारण युद्धमा मारिएका छन् ।

परराष्ट्र मन्त्रालयले १६ साउनमा सार्वजनिक सूचना प्रकाशित गरी रुसी सेनामा भर्ती नहुन आह्वान गरेको थियो । ‘परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको थियो, ‘कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजानुहुन सबैमा अनुरोध गरिन्छ ।’ रुसी सेनामा नेपाली भर्ती हुँदै आएको विवरण बिबिसी, न्युयोर्क टाइम्सलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेपछि सरकारले सचेत गराएको थियो । साथै, सरकारले रुसी सेनामा नेपाली नरहेको जवाफ पनि दिँदै आएको थियो । अनौपचारिक स्रोतहरूबाट प्राप्त सूचनाअनुसार रुसी सेनामा करिब दुई सय नेपाली भर्ती भएको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।

रुसले विदेशी नागरिकलाई सेनामा भर्ती गराउन गत वर्ष कानुन नै संशोधन गरेको थियो । गत वर्ष २० सेप्टेम्बरमा रुसको संसद्ले पारित गरेको कानुनमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिकलाई नागरिकता दिने उल्लेख छ । रुसी संसद् डुमाको वेबसाइटअनुसार कानुनमा भनिएको छ, ‘रुसी सशस्त्र बल, सेना वा सैन्य संरचनाअन्तर्गत सेवामा कम्तीमा एक वर्षका लागि भर्ती सम्झौतामा हस्ताक्षर गर्ने विदेशी नागरिकले आवास अनुमतिविना पनि सरल प्रक्रियाअन्तर्गत रुसको नागरिकता प्राप्त गर्न सक्षम हुनेछन् ।’

विद्यमान कानुनअनुसार विदेशी नागरिकले सेनामा कम्तीमा तीन वर्ष करारमा काम गर्नुपर्ने प्रावधान राखिएको डुमाको वेबसाइटमा उल्लेख छ । ‘यस अतिरिक्त कानुनमा गरिएको संशोधनले सिपाही, सार्जेन्ट र सार्जेन्ट मेजरको श्रेणीमा सैनिक सेवामा प्रवेश गर्ने विदेशी नागरिकसँग पहिलो सेवा सम्झौता सम्पन्न भएको अवधिलाई पाँच वर्षबाट घटाएर एक वर्ष गर्ने प्रस्ताव गरेको छ,’ डुमाले पारित गरेको कानुनमा भनिएको छ । यही कानुनअनुसार रुसी सेनामा विदेशी नागरिकको भर्ती हुँदै आएको छ ।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको