नेवार समुदायलाई चोट पुर्‍याएको मुद्दामा कमेडियन दोषी ठहर

नेवार समुदायप्रति दिएको अभिव्यक्तिसम्बन्धी मुद्दामा कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले दोषी ठहर गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले यही मंसिर १० गते सिंहलाई दोषी ठहर गर्दै १० हजार जरिवाना तिराउने फैसला सुनाएको हो।

स्ट्यान्ड अप कमेडीमा नेवार समुदायको परम्पराका सम्बन्धमा गरेको प्रस्तुति युट्युबमा सार्वजनिक भएको थियो। जसप्रति नेवार समुदायले आपत्ति जनाएका थिए।

नेवार समुदायमा प्रचलित ‘बेल विवाह’लगायत विषयमा सिंहले बोलेका कुराको व्यापक विरोध भएपछि माफी माग्दै उनले उक्त भिडिओ युट्युबबाट हटाएका थिए। तर नेवार समुदायका तर्फबाट पृथविन्दु महर्जनलगायत व्यक्तिले सिंहविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी पनि दिएका थिए। त्यसपछि सिंह २०७९ भदौ १२ गते पक्राउ परेका थिए।

तर उनलाई कोरोना संक्रमण भएपछि प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको थियो। कोरोना संक्रमणमुक्त भएपछि प्रहरीले सिंहलाई पुनः पक्राउ गरी मुद्दा चलाएको थियो। उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्ध र जातीय भेदभाव तथा छुवाछूत तथा सामाजिक रीतिथितिमा खललसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो।

सो मुद्दामा आइतबार फैसला गर्दै काठमाडौँ जिल्ला अदालतले सिंहलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। उक्त कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने कानुनी व्यवस्था भए पनि सिंहलाई भने १० हजार रुपैयाँ जरिवाना मात्रै गरिएको हो।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको