प्रधानमन्त्री प्रचण्डसंग को- को जाँदैछन् यूएई ?

संयुक्त राष्ट्रसंघीय वातावरणीय सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ।

यूइएको दुबईमा १४–१६ मंसिरमा हुने राष्ट्रसंघीय वातावरणसम्बन्धी सम्मेलन (कोप–२८) मा मन्त्रिपरिषद्बाट प्रधानमन्त्री प्रचण्ड र वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुनेछन्।

भ्रमण दलका अन्य सदस्यमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा.पपुलर जेन्टल, प्रोटोकल अफिसर प्रविन भट्टराई छन्।

यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन्।

तीन जना सरकारी सञ्चारकर्मीलाई पनि भ्रमण दलमा राखिएको छ। तिनमा नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त छन्।

अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा राखिएका छन्। तिनमा उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तीलबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई छन्।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगी-व्यवसायी पनि भ्रमण दलमा छन्।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको