प्रधानमन्त्री प्रचण्डसंग को- को जाँदैछन् यूएई ?

संयुक्त राष्ट्रसंघीय वातावरणीय सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमण दलको अन्तिम टुङ्गो लागेको छ।

यूइएको दुबईमा १४–१६ मंसिरमा हुने राष्ट्रसंघीय वातावरणसम्बन्धी सम्मेलन (कोप–२८) मा मन्त्रिपरिषद्बाट प्रधानमन्त्री प्रचण्ड र वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुनेछन्।

भ्रमण दलका अन्य सदस्यमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा.पपुलर जेन्टल, प्रोटोकल अफिसर प्रविन भट्टराई छन्।

यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन्।

तीन जना सरकारी सञ्चारकर्मीलाई पनि भ्रमण दलमा राखिएको छ। तिनमा नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त छन्।

अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा राखिएका छन्। तिनमा उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तीलबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई छन्।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगी-व्यवसायी पनि भ्रमण दलमा छन्।

सिफारिस

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

यूएईलाई पराजित गर्दै नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक...

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले...

धेरै पढिएको