दक्षिण कोरियाले अबदेखि निर्माण र सेवा सर्भिसमा पनि नेपाली श्रमिक लैजाने

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको हो ।

वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिए । यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालनमा मात्र नेपालीलाई माग गर्दै आएकामा केहीअघिदेखि सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो ।

उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन ।

इपिएसमार्पmत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सिफारिस

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

यूएईलाई पराजित गर्दै नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक...

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले...

धेरै पढिएको