प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थाले : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा पैदा हुँदा विदेश पलायन हुँदै गएको अवस्थामा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको बताएका छन्।

बिहीबार बैतडीको गोठलापानीमा आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजाको शालिक बनाएर श्री ५ महाराजाधिराज लेखी असंवैधानिक काम भइरहेको बताएका छन्। अध्यक्ष ओलीले गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको बताए।

अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने ओलीले बताए।

‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन्। अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ, अध्यक्ष ओलीले भने, ‘गणतन्त्रको विरोध गर्ने, दुःसाहसी काम भइरहेको छ। लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ। तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैती हुन सक्दैनौँ। फेरि हामी दास हुन सक्दैनौँ। फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ। फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौँ। अब गरिबी अन्त्य गर्नैपर्छ। अभाव, भोकमरी समाप्त गर्नैपर्छ।’

अध्यक्ष ओलीले गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको