काठमाडौँ – दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेका छन् । उनले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेका हुन्। प्रसाईं समूहले यहि मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने लागेको अध्यक्ष मण्डलका सदस्य हरि कार्कीले दिएको जानकारी दिए।
‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्धमा कार्यक्रम केन्द्रित गर्ने भएको छ। यो सँगै मंसिर ७ गते सुरु भएको प्रसाईं समूहको काठमाडौँकेन्द्रित कार्यक्रमलाई वडादेखि जिल्ला हुँदै केन्द्रसम्म पुर्याउने समूहले जनाएको छ।
सदस्य कार्कीका अनुसार नागिरक सरकारको प्रधानमन्त्री दुर्गा प्रसाईं रहनेछन्। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको कार्कीले बताए।