काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ । हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जबाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो ।
अदालतमा जारी बहसमा खाँणलगायत थुनामा रहेकाहरूको पक्षबाट वकिलहरूले उनीहरूलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्दामा आज फैसाला आउने सम्भावना देखिएको हो।
आज आउने फैसलाले खाँणलगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निर्क्यौल हुनेछ ।
