काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।
संक्रमितमा २४, ६० र ७२ वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरुको थप विवरण खुलाइएको छैन ।
