गरिब घरपरिवार पहिचान गर्दै बालेन, २ सय ३० जनालाई रोजगारीको अवसर (सूचना)

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने भएको छ । शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौँ महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि ट्याब्लेटमार्फत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण गर्ने महानगरले जनाएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको ‘गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि सुपरिवेक्षक तथा गणक करारमा लिने सम्बन्धी अनलाइन दरखास्त प्रणाली onlineapplication.kathmandu.gov.np मार्फत मात्र आवेदन दिनुपर्नेछ ।

सुपरिवेक्षक पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ । यसमा बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र मासिक ३४ हजार ७३० रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।

गणक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्क शास्त्र वा जनसङ्ख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । यसमा पनि बढीमा पाँच महिनाका लागि नियुक्ति दिइने र तलब ३२ हजार ९०२ रुपैयाँ हुनेछ । इन्टरनेटका मासिक खर्च २ हजार रुपैयाँ दिइनेछ ।

यसमा काठमाडौँ महानगरपालिकाको बासिन्दा, सोही प्रकृतिको जनगणना वा विभिन्न सर्वेक्षणमा कम्तीमा १ महिनाभन्दा बढी अवधि काम गरेका महानगरपालिकाबाट विगतमा यही कार्यक्रमबाट छनोट भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

2023-12-02-12-14-25-gopa-mangsir-16-3

सिफारिस

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

धेरै पढिएको