एमालेले सरकार छोडेपछि देशमा अराजकता र मनपरीतन्त्र फैलियो: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन्।

शनिवार महाकाली–मेची अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे। उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप लगाए।

ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने दाबी पनि गरे।

उनले भने, ‘एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो? सबैले देख्नुभएको छ। बुझ्नुभएको छ। देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ। सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ। यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको बताए। उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरुले सम्पन्नता भएको देश गरिव रहनसक्ने देश नभएको जिकिर गरे।

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको