सिग्देललाई रथीमा बढुवाका गर्न सिफारिस, १० महिनापछि प्रधानसेनापति !

नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवाका गर्न लागि बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ।

सैनिक मुख्यालयको बढुवा सिफारिस समितिले सिग्देललाई बढुवा गर्न सिफारिस गरेको पत्र आइतबार रक्षा मन्त्रालयमा पुगेको रक्षा मन्त्रालयका एक अधिकारीले बताए।

‘आइतबार सेनाबाट सिफारिस आएको छ। अब सोही अनुसार रक्षा मन्त्रालयबाट क्याबिनेटमा फायल पुग्छ र त्यहाँबाट निर्णय भएपछि बढुवा हुन्छ’, रक्षाका अधिकारीले भने।

अघिल्लो शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना निकालेको थियो। सात दिने सूचना पूरा भएपछि सिग्देललाई रथीमा बढुवा गर्ने प्रक्रिया अगाडी बढेको हो।

यसअघि सोही पदमा सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि सिग्देललाई बढुवा गर्ने प्रक्रिया सुरु भएको हो।

सिग्देलको बढुवा प्रक्रिया जंगिअड्डाबाट अगाडी बढेसँगै १० महिनापछि उनी प्रधानसेनापतिसमेत बन्ने सम्भावना बलियो भएको छ।

नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि रथी पद रिक्त छ। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणा अवकास भएपछि त्यसमा पदपूर्ति हुन सकेको छैन। यस्तै मंसिर १८ गतेबाट हालका एकमात्र रथी सिताराम खड्का पनि बिदा बस्नेछन्।

आगामी पुस ३ गतेबाट खड्का उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएकाले त्यसको १५ दिन पहिले नै बिदामा बस्ने चलन छ।

नेपाली सेनामा दुई जना रथी हुन्छन्। खड्का बिदामा बसेसँगै अर्को पदमा पनि बढुवाको प्रक्रिया अगाडी बढ्ने छ। हालका प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन्।

त्यसपछिको नेतृत्वमा अब सिग्देल पुग्ने करिब निश्चित हुनेछ। सेनामा वरिष्ठ रथीले नै नेतृत्व पाउने गरेका छन्। तर अर्का रथी भन्दा सिग्देल केही दिन मात्रै वरिष्ठ हुनेछन्।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको