सिग्देललाई रथीमा बढुवाका गर्न सिफारिस, १० महिनापछि प्रधानसेनापति !

नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवाका गर्न लागि बढुवा समितिले रक्षा मन्त्रालयमा सिफारिस गरेको छ।

सैनिक मुख्यालयको बढुवा सिफारिस समितिले सिग्देललाई बढुवा गर्न सिफारिस गरेको पत्र आइतबार रक्षा मन्त्रालयमा पुगेको रक्षा मन्त्रालयका एक अधिकारीले बताए।

‘आइतबार सेनाबाट सिफारिस आएको छ। अब सोही अनुसार रक्षा मन्त्रालयबाट क्याबिनेटमा फायल पुग्छ र त्यहाँबाट निर्णय भएपछि बढुवा हुन्छ’, रक्षाका अधिकारीले भने।

अघिल्लो शुक्रबार बसेको बढुवा समितिको बैठकले रथीमा बढुवाका लागि सिफारिस गर्दै ७ दिने सूचना निकालेको थियो। सात दिने सूचना पूरा भएपछि सिग्देललाई रथीमा बढुवा गर्ने प्रक्रिया अगाडी बढेको हो।

यसअघि सोही पदमा सिफारिस भएका ताराध्वज पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि सिग्देललाई बढुवा गर्ने प्रक्रिया सुरु भएको हो।

सिग्देलको बढुवा प्रक्रिया जंगिअड्डाबाट अगाडी बढेसँगै १० महिनापछि उनी प्रधानसेनापतिसमेत बन्ने सम्भावना बलियो भएको छ।

नेपाली सेनामा गत कात्तिक ११ गतेदेखि रथी पद रिक्त छ। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणा अवकास भएपछि त्यसमा पदपूर्ति हुन सकेको छैन। यस्तै मंसिर १८ गतेबाट हालका एकमात्र रथी सिताराम खड्का पनि बिदा बस्नेछन्।

आगामी पुस ३ गतेबाट खड्का उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएकाले त्यसको १५ दिन पहिले नै बिदामा बस्ने चलन छ।

नेपाली सेनामा दुई जना रथी हुन्छन्। खड्का बिदामा बसेसँगै अर्को पदमा पनि बढुवाको प्रक्रिया अगाडी बढ्ने छ। हालका प्रधानसेनापति प्रभुराम शर्मा २०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन्।

त्यसपछिको नेतृत्वमा अब सिग्देल पुग्ने करिब निश्चित हुनेछ। सेनामा वरिष्ठ रथीले नै नेतृत्व पाउने गरेका छन्। तर अर्का रथी भन्दा सिग्देल केही दिन मात्रै वरिष्ठ हुनेछन्।

सिफारिस

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले...

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा आजबाट पस्मिना प्रदर्शनी सुरू भएको छ। माघ १२ गतेसम्म चल्ने मेलामा स्वदेशी उत्पादन र सेवाका साथै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं - बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक...

भृकुटीमण्डपमा आजदेखि सुरू पस्मिना प्रदर्शनीमा जे देखियो (तस्वीरहरू)

नेपाली उत्पादनको प्रवर्धन र व्यापार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा...

महालक्ष्मी बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण

काठमाण्डौं- विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले आयोजना...

अमेरिका भ्रमणमा रहेका सांसद एकनाथद्वारा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष याङसंग भेट

न्यूयोर्क - मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु...

कहाँ गए १५ जना प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीको एकजना हवलदारसहित १५ जना प्रहरी कर्मचारी २...

बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ - नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक...

धेरै पढिएको