ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रसम्म फुटपाथ पसल सञ्चालन गर्न रोक लगाउने भएको छ।
महानगरपालिकाले सूचना प्रकाशित गरी सो क्षेत्रमा यही मंसिर २४ गतेदेखि फुटपाथ पसल सञ्चालन गर्न निषेध गरेको हो।
‘महानगरपालिकाको व्यस्त स्थानहरूमा फुटपाथ पसलले गर्दा पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरूमा अवरोध परेको’ महानगरको भनाई छ।
सूचना बमोजिम कार्य नगरेमा ललितपुर महानगरपालिकाद्वारा कानून बमोजिम हदैसम्म कारबाही गर्ने चेतावनीसमेत सूचनामार्फत सर्वसाधारणलाई दिइएको छ।