लकडाउनकै समयमा हजारौंले छाडे उपत्यका, सुरक्षित साथ क्वारेन्टाइनमा कसले राख्ने ? (फोटो फिचर)

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको १ महिना बितेको छ। यो संगै लकडाउन  उल्लंघन गर्नेको संख्या पनि बढेको छ। बुधबार साँझ यस्तै दृश्य देखियो राजधानीको जडिबुटिमा।  लकडाउनको कुनै प्रवाह नगरी घर जानेको ताती नै थियो ।

स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो।

लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन्।

यसरी सवारी कुर्दै गर्दै न त भौतिक दुरी नै कायम थियो। न त धेरैले मास्क नै लगाएका थिए। सरकारले एक स्थानीय तहदेखि अर्को तहसम्म जान प्रतिबन्ध लगाएको बेलामा सयौं मानिस यसरी भेला हुँदा प्रहरी समेत भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

सरकारले जो जहाँ छ त्यही बस्न आग्रह गर्दा यसरी भिडभाड गरेर असुरक्षित यात्रा हुँदा समेत प्रशासनले केहि गर्न सकेन।

यसरी घर फर्किएकाहरु आफ्नो गन्तव्यमा पुगेपछि सुरक्षित साथ क्वारेन्टाइनमा कसले राख्ने ? असुरक्षित यात्राको जिम्मेवार को ?  यस प्रति पनि स्थानिय निकायको ध्यान जानु जरूरी छ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको