लकडाउनकै समयमा हजारौंले छाडे उपत्यका, सुरक्षित साथ क्वारेन्टाइनमा कसले राख्ने ? (फोटो फिचर)

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको १ महिना बितेको छ। यो संगै लकडाउन  उल्लंघन गर्नेको संख्या पनि बढेको छ। बुधबार साँझ यस्तै दृश्य देखियो राजधानीको जडिबुटिमा।  लकडाउनको कुनै प्रवाह नगरी घर जानेको ताती नै थियो ।

स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो।

लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन्।

यसरी सवारी कुर्दै गर्दै न त भौतिक दुरी नै कायम थियो। न त धेरैले मास्क नै लगाएका थिए। सरकारले एक स्थानीय तहदेखि अर्को तहसम्म जान प्रतिबन्ध लगाएको बेलामा सयौं मानिस यसरी भेला हुँदा प्रहरी समेत भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

सरकारले जो जहाँ छ त्यही बस्न आग्रह गर्दा यसरी भिडभाड गरेर असुरक्षित यात्रा हुँदा समेत प्रशासनले केहि गर्न सकेन।

यसरी घर फर्किएकाहरु आफ्नो गन्तव्यमा पुगेपछि सुरक्षित साथ क्वारेन्टाइनमा कसले राख्ने ? असुरक्षित यात्राको जिम्मेवार को ?  यस प्रति पनि स्थानिय निकायको ध्यान जानु जरूरी छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको