पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा पानी पर्ने

नेपालमा पश्चिमी वायुसँगै भारतको आन्द्र प्रदेश आसपास रहेको मिक्जउम नामक शक्तिशाली सामुद्रिक आँधीको प्रभावको कारण मौसम बदली भएको छ।

मिक्जउम आँधी र पश्चिमी वायुको कारण हाल कोशी र मधेश प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ।

आज कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखिसामान्य बदलीको अवस्था रहनेछ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना छ।

राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभरिको तापक्रममा गिरावट आउने क्रम बढ्दै गएकाले त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको