ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिएपछि…

काठमाडौं – बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।

प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि उनलाई समातेर महानगर कार्यालयमा पुर्‍याइएको थियो ।

‘उहाँहरुलाई १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले नै महानगरमा ल्याएर उजुरी गरे । त्यसपछि महानगरले ठगी गरेकोमा जरिवाना गरेको छ,’ एक महानगर प्रहरी अधिकारीले भने ।

नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘हामीलाई गुनासो वा उजुरी आयो भने तत्काल एक्सन लिन्छौं । उपभोक्तालाई पनि तोकिएको भन्दा धेरै रकम नतिर्न अनुरोध गरेका छौं,’ महानगर प्रहरीले भन्यो ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको