ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिएपछि…

काठमाडौं – बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु ।

प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठले बुधबार दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि उनलाई समातेर महानगर कार्यालयमा पुर्‍याइएको थियो ।

‘उहाँहरुलाई १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले नै महानगरमा ल्याएर उजुरी गरे । त्यसपछि महानगरले ठगी गरेकोमा जरिवाना गरेको छ,’ एक महानगर प्रहरी अधिकारीले भने ।

नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘हामीलाई गुनासो वा उजुरी आयो भने तत्काल एक्सन लिन्छौं । उपभोक्तालाई पनि तोकिएको भन्दा धेरै रकम नतिर्न अनुरोध गरेका छौं,’ महानगर प्रहरीले भन्यो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको