एक पटक फ्याँकिसकेको राजतन्त्र फर्किँदैन, अब २०६५ आउँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पटक फ्याँकिसकेको राजतन्त्र अब नफर्किने बताएका छन्।

मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा सन्देश सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

ओलीले अहिले प्रतिगामी शक्ति छटपटाउन थालेको देखिएको पनि बताए।

‘म भन्न चाहन्छु-राजतन्त्रको सबैभन्दा निरंकुशकालमा संघर्ष गरेर, जेलनेल खपेर अनेक गरेर जनताले राजतन्त्र फ्याँकेका छन्’, उनले भने, ‘२०६५ साल फेरि आउँछ र? त्यो सम्भव छैन। २०६५ साल अब फर्कन्न।’

उनले सम्बोधनका क्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पनि प्रहार गरे।

क्रान्तिका नाममा प्रचण्डले हिंसा फैल्याएको भन्दै उनीबारे केही भन्नै नपर्ने टिप्पणी गरे। अहिले प्रचण्डका छोरी, ज्वाइँ र नातिनातिना फस्टाएको बताउँदै ओलीले घाइते र सहिद परिवारको विचल्ली भएको बताए।

‘क्रान्तिका नममा हिंसा फैलाउनेको मैले भन्न पर्दैन’, उनले भने, ‘छोरी, ज्वाइँ, नातिनातिना फलेका फुलेका छन्। जनता, घाइते, सहिद र सहिदका परिवारलाई हेरिएको छैन।’

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको