जति पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेक अरूले सक्दैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम नेकपा एमाले बाहेकले नसक्ने दाबी गरेका छन्।

शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गरे।

उनले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गरे।

‘नेकपा एमाले बाहेक जति वटा मिले पनि, जति वटा पार्टी मिले पनि देश बनाउने काम राजनीतिलाई स्थिर बनाउने, लोकतन्त्रलाई बलियो बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन सक्दो रहेनछ। हामीले कोभिडको समयमा पनि त्यस समस्याको पनि सफलतापूर्वक समामना ग¥यौँ,’ उनले भने, ‘भूकम्पको पनि सामना ग¥यौँ। भूकम्पले भत्काएका नौ लाख घर साढे ८ लाख भन्दा बढी हामीले पुनः निर्माण गरेर पीडितलाई हस्तान्तरण गरेका थियौँ।’

अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प लगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताए।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको