गणतन्त्रविरोधी अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ। देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ।
उनको शल्यक्रिया झापास्थित प्रसाईंकै स्वामित्वको बीएन्डसी अस्पतालमा आज हुँदैछ । अब उनी ९ दिनसम्म बोल्न नमिल्ने चिकित्सकहरूले बताएका छन्।
प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका अध्यक्षमण्डलका सदस्य हरि कार्कीका अनुसार, प्रसाईंको घाँटीमा ग्रन्थीसम्बन्धी समस्या रहेको र यसअघि पनि शल्यक्रिया भएको थियो।
