कस्तो रहला आजको मौसम ?

पश्चिमी वायुको आंशिक प्रभावको कारण आज देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीकै अवस्था रहने छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

पहाडी भू-भागका थोरै स्थानमा मंगलबार राति पनि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम प्रकारको हिमपातकोसमेत सम्भावना छ।

भोलि (बुधबार) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ।

यतिबेला देशभरिको तापक्रम घट्ने क्रममा रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ।

सिफारिस

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

धेरै पढिएको