सरकारले गर्यो सिग्देललाई रथी पदमा बढुवा,

सरकारले नेपाली सेनाको रिक्त रथी पदमा उपरथी अशोक सिग्देललाई बढुवा गरेको छ। जंगी अड्डाको सिफारिस तथा रक्षा मन्त्रालयको प्रस्तावमा उनलाई रथी पदमा बढुवा गरेको बिहीबार मन्त्रिपरिषद् बैठकपछि सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

यससँगै सिग्देल अब २०८१ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति बन्न सक्नेछन्। तत्कालीन बलाधिकृत रथी सरोजप्रताप राणाले ११ कात्तिकमा अवकाश पाएपछि एक रथी पद रिक्त थियो। उक्त स्थानमा सिग्देल बढुवा भएका हुन्।

यसअघि यो पदमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवा गर्ने तयारी थियो। तर उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा अलग जन्ममिति पाइएपछि जंगी अड्डाले छानबिन गरेको थियो। त्यसलगत्तै उनले कात्तिक २४ गते राजीनामा गरे।

पाण्डे बाहिरिएपछि सेनाले वरीयताका आधारमा सिग्देललाई बढुवाको बाटो खुलाउने गरी सूचना निकालेको थियो।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको