पाथिभरा एकेडेमीमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ (फोटोफिचर)

काठमाडौं – भक्तपुरको सुर्यविनायक ५ सिर्जनानगरस्थित पाथिभरा एकेडेमीमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । बालविकास एनसीमास संस्थासंगको सहकार्यमा शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सम्पन्न गरिएको हो ।

कार्यक्रममा १ देखि ७ कक्षासम्मका करिव १५० विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयहरुले उक्त विषयलाई वैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।

अवाकसले बालबालिकाहरुको पढाइमा निक्कै नै उपयोगी र ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका खेलेको स्कुलका प्रधानाध्यापक रमेश सिटौलाले बताए । पाथिभरा एकेडेमी  पढाइसंगै अतिरिक्त क्रियाकलाप पनि उत्कृष्ट रहेको भन्दै समय समयमा यस्ता क्रियाकलापलाई पनि विशेष जोड दिए विद्यार्थीहरु पढाइमा अझै राम्रो गर्न सक्ने उनी बताउँछन् ।

अवाकसले अन्य विद्यालयका विद्यार्थीसँग पनि प्रतिष्पर्धी गराउन यसले निक्कै ठूलो टेवा पुर्याएको सिटौलाको भनाई छ । उनी भन्छन्, चारित्रिक विकास, शैक्षिक विकास, अतिरिक्त क्रियाकलाप अन्तर्गत अवाकस, टेलिग्राफी ह्यान्ड राईटिङलगायत काम भईरहेको छ । यसमध्ये पनि अवाकसले विद्यार्थीको क्षमता वृद्धिमा ठूलो सहयोग पुगिरहेको उनले बताए ।

त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको बताए ।  आफ्ना छोराछोरीले पहिलेको तुलनामा गणितीय अभ्यास सजिलै गर्न थालेपछि उनीहरु निक्कै खुशी भएका छन् । बालबालिकाको वृद्धि विकासमा एकदमै महत्वपूर्ण भूमिका खेलेको र आउँदो दिनमा पनि यस्तै कार्यक्रम अघि बढाउनुपर्ने उनीहरुको माग छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले २० वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको