लकडाउन अझै लम्बिने

काठमाडौं – नेपालको सबैभन्दा बढी खुला सीमा क्षेत्र रहेको भारतमा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । भारतमा संक्रमण बढेसँगै नेपालमा लकडाउन बढ्ने निश्चित भएको छ ।

पछिल्लो समय सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको थियो । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ ।

भारतमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार नाघेको छ । बिहीबार मात्रै भारतमा एक हजार ६६९ जनाभन्दा बढी संक्रमित भएका छन् । बिहीबार मात्रै ४० भन्दा बढीको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या ७२१ जना पुगेको छ ।

त्यसैले विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख नेपालमा पनि रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने सरकारले बताएको हो । छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लक डाउन खोल्ने÷नखोल्ने विषयमा निर्णय हुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

उनले भने, ‘‘छिमैकी मुलुकहरुमा यसको नियन्त्रणको अवस्था कस्तो छ । जोखिमको अवस्था नहेरी एकपक्षिय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’’ लक डाउनको समयमा पनि खुला सीमानाका कारण लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको पाइएको उनले बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।

प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्वतयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुल्ने बताए ।

नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकास भएको कतिको भएको भन्ने कुराले पनि प्रभाव पार्ने उल्लेख गर्दै उनले जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै खोल्ने निर्णय हुने बताए । प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरु खुला गर्ने तयारी सरकारले गरेको पनि उनले बताए ।

सिफारिस

कालापानी-लिपुलेक भारतको हो भन्ने मेटमणि चौधरीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपमहासचिव एवम् सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । यसअघि प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा चौधरीले कालापानी-लिपुलेक भारतको...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। बिहीबार पोखरास्थित श्रेष्ठको क्लिनिकबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको...

भारतीय कम्युनिस्ट पार्टीका महासचिवको निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२...

तोकिएको लक्ष्य हासिल गर्ने गरि काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई...

तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम...

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा...

माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्तिझैं कब्जा गरे : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

धेरै पढिएको