एम्स एकेडेमीमा अवाकस प्रतियोगिता, उत्कृष्ट ६ जनालाई नगद पुरस्कार

काठमाडौं –  एड्भान्स इन्टरनेसनल स्कुल (एम्स)मा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । ललितपुरको लगनखेलमा रहेको उक्त स्कुलमा आइतबार एक कार्यक्रमको आयोजनाका बीच प्रतियोगिता सम्पन्न गरिएको हो ।

बालविकास एनसीमास संस्थासंगको सहकार्यमा आयोजित प्रतियोगितामा १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट ३ जनालाई विद्यालयले जनही ३ हजार र थप ३ जनालाई सान्त्वना स्वरुप  १ -१ हजारका दरले नगद पुरस्कार प्रदान गर्ने भएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा पनि सहभागी हुन पाउने छन्।

अवाकसले बालबालिकाहरुको गणितीय सिकाइमा र ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका खेलेको स्कुलका प्रधानाध्यापक टी.आर ढकालले बताए । विद्यालयले विद्यार्थीको पढ्ने बानीको विकास होस् भनेर नि:शुल्क मुना र युवामन्च पुस्तक वितरण गर्दै आएको पनि उनले जानकारी दिए।

 अवाकसले गर्दा आफ्ना छोराछोरीले पहिलेको तुलनामा गणितीय अभ्यास सजिलै गर्न थाले अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको बताए ।  बालबालिकाको वृद्धि विकासमा एकदमै महत्वपूर्ण भूमिका खेलेको र आउँदो दिनमा पनि यस्तै कार्यक्रम अघि बढाउनुपर्ने उनीहरुको माग छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढ्दो छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको