एम्स एकेडेमीमा अवाकस प्रतियोगिता, उत्कृष्ट ६ जनालाई नगद पुरस्कार

काठमाडौं –  एड्भान्स इन्टरनेसनल स्कुल (एम्स)मा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । ललितपुरको लगनखेलमा रहेको उक्त स्कुलमा आइतबार एक कार्यक्रमको आयोजनाका बीच प्रतियोगिता सम्पन्न गरिएको हो ।

बालविकास एनसीमास संस्थासंगको सहकार्यमा आयोजित प्रतियोगितामा १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट ३ जनालाई विद्यालयले जनही ३ हजार र थप ३ जनालाई सान्त्वना स्वरुप  १ -१ हजारका दरले नगद पुरस्कार प्रदान गर्ने भएको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा पनि सहभागी हुन पाउने छन्।

अवाकसले बालबालिकाहरुको गणितीय सिकाइमा र ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका खेलेको स्कुलका प्रधानाध्यापक टी.आर ढकालले बताए । विद्यालयले विद्यार्थीको पढ्ने बानीको विकास होस् भनेर नि:शुल्क मुना र युवामन्च पुस्तक वितरण गर्दै आएको पनि उनले जानकारी दिए।

 अवाकसले गर्दा आफ्ना छोराछोरीले पहिलेको तुलनामा गणितीय अभ्यास सजिलै गर्न थाले अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको बताए ।  बालबालिकाको वृद्धि विकासमा एकदमै महत्वपूर्ण भूमिका खेलेको र आउँदो दिनमा पनि यस्तै कार्यक्रम अघि बढाउनुपर्ने उनीहरुको माग छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकसलाई विद्यालयले बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने भएकाले यसको प्रभाव पनि बढ्दो छ ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको