कोरोना कहर : कम्युनिष्ट सरकारको अराजकता

  • प्रज्वल दवाडी 

काठमाडौं – कोरोनाविरुद्धको लडाई सहज होइन । विश्वका शक्ति राष्ट्रहरुसमेत कतिपय सन्दर्भमा असफल सावित भएका छन् । यद्यपि कोरोना एक अवसर थियो । सत्ताधारी कम्युनिष्टहरुले चाहेको भए कोरोनालाई एक अवसरमा परिणत गर्न सकिन्थ्यो । जनस्वास्थ्यको गहन सवाललाई लोककल्याणकारी अवधारणा अनुरुप ढाल्ने अवसर सरकारसामु थियो । तर चोरबाटोबाट , कमिसन बढाएर स्वास्थ्य सामाग्री खरिद गर्ने कम्युनिष्टहरुको खेलका कारण नेपालमा कोरोनाले शिर उठाउन नस्कने स्थिति बन्दै गएको छ ।स्वास्थ्य सामाग्री आउन अझैं २ साता लाग्ने निश्चित रहँदा कोरोना संक्रमितहरुको संख्या बढ्दो छ ।

जनताको स्वास्थ्यमा मात्रै होइन मुलुकको ढुकुटीमा पनि खेलबाड गर्नेगरी गरिएको भ्रष्टाचारको छानबिन कसले गर्ने सरकार यसलाई प्रत्यक्ष रूपमा हाेईन भनेर छानबिन प्रकृया प्रभावित पार्छ । सरकारकाे काम ठिक भएन याे याे शिर्षकमा भ्रष्टाचार भएकाे छ कृपया छानबिन गर्नुस भनेर जनता भन्दै गर्दा सरकारबाट अबकासपछि अनियमितता भयाे भनेर छानबिन गर्नुस भनेर फेसबुकमा पाेष्ट गर्दैमा पुर्व सचिव भिम उपाध्यायलाई साईबर क्राईमकाे मुद्दा चल्छ। तर सरकारकाे पक्षमा रहेका सांसद किसान श्रेष्ठ ,पुर्वमन्त्री महेश बस्नेत र प्रहरीकै पुर्व महानिरीक्षक रहेका सर्वेन्द्र खनाल जस्ता भिआपी नै माननीय डा. सुरेन्द्र यादव लगायत जनता समाजवादी पार्टीको माननीयलाई अपहरण गर्न ब्यस्त छन । अर्कोतिर कोरोनाको त्रासमा जनतालाई घरमा थुनेर कम्युनिष्ट नेतृत्वको सरकारले राजनीतिक गतिरोध बढाउने काम फत्ते गर्न चाहेको छ । अर्काकाे घर फाेरेर आफु बलियाे बन्ने सरकारकाे रणनीति असफल भएकाे छ । राजपा फुटाएर अर्को पार्टी बनाएर उप सभामुख र दुईचार जनालाई मन्त्री बनाउने प्रलाेभन देखाउदै सरकारकाे गैरजिम्मेवारी प्रति  आज आम  जनताले दिएकाे मतकाे मजाक बनेको छ।

सरकारी टेलिभिजनको पर्दामा आक्रोशित मुद्रामा सरकारको विरोध गरेर पत्रकारलाई बेमौसमी बाजा नबजाउन भन्ने मजदुरकाे आवाज टेलिभिजनमा देखायो भनेर सरकार ,सिडियाे र प्रहरी भन्दा अगाडि पत्रकार कसरी पुग्छ त्यहाँ भनेर प्रश्न गर्छन प्रधानमन्त्री ज्यू नै। जनताकाे आवाजलाई बुलन्द बनाउदा सरकारले पत्रकारहरूलाई नै रहस्यमय छ सम्म भन्न पछि पर्नु हुन्न । प्रधानमन्त्रीले अवसरकाे रूपमा लिनु पर्ने ठाउँमा दुश्मन देख्नु हुन्छ । त्यहीँ भएर प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशवाला मौसमी बाजा सुनेर जग हाँसेको छ । जीवन रक्षा नै पहिलो कुरा हो, अर्थतन्त्रमा पर्ने क्षति र अन्य क्षति त हामी पछि पनि उकास्न सक्छौँ, जीवन रक्षाका लागि लकडाउनको अवधिलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहे बढाउनुपर्छ ।’ लकडाउन लम्बिदै गर्दा जीवनलाई चाहिने न्यूनतम आपूर्तिजन्य कुरालाई परिपूर्ति गर्न केही सहजता अपनाउनुपर्ने आवश्यकता छ तर समस्यामा रहेका विपन्न नागरिकलाई २ छाक खानाको व्यवस्था सरकारले गर्न सकेकाे छैन ।

सर्वहाराका नेताहरु सत्ताको अकं गणितमा व्यस्त रहँदा सर्वहारा जनता गाउँ गाउमा रुँदै रात कटाउन बाध्य छन । काम नभएपछि सहरमा भोकै मरिने डरले रित्तो पैताला गाउँ फर्कदै गरेका श्रमिकलाई इतिहासकै सबैभन्दा बलियो कम्युनिष्ट सरकारका प्रधानमन्त्री अनायसै सरकारविरुद्ध प्रयोग गरिएका पात्रको बिल्ला भिराइदिएका छन ।
यतिबेला जनताले ५ वर्षका लागि दिएको मताधिकारलाई सदुपयोग गर्नुको साटो व्यक्तिगत महत्वाकांक्षा सिद्ध गर्ने र फरक मत राख्नेहरुलाई सिध्याउने अवसरका रुपमा प्रयोग गर्नु भएकाे छ । कोरोनका कारण उत्पन्न परिस्थितिको सामना गर्न बृहत्तर राष्ट्रिय एकताको संस्कार प्रस्तुत गर्नुपर्नेमा विभाजनकारी अध्यादेशहरु जारी गर्न खाेज्दैछन ।

विपदका समयमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सहयोगीभन्दा दुश्मन ठान्ने चेष्टा सत्ताधारीहरुबाट भएको छ । कोरोनाका कहरलाई भ्रष्टाचारको अवसर बनाउन कम्युनिष्ट नेताहरु क्रियाशील भएको देखेर आज हरेक नेपालीहरुको दिक्क छन्।केही सरकार पक्ष अरिङ्गाल उनीहरू काे नेताले जे गरे पनि ठिकहाे भनेर चुपचाप छन ।
कोरोना सिर्जित समस्याले अर्थतन्त्रमा पुर्याउने असरको आकलन गरेर सोही अनुरुपको राष्ट्रिय नीति कार्यान्वयन गर्नुपर्नेमा सत्ताधारी कम्युनिष्टहरु मास्क र सेनेटाइजरमा कमिसन खोजिरहेका छन् । समृद्धिको कोरा गफ, युग बदल्ने कथित घोषणा र राष्ट्रवादको मुकुण्डो आज कम्युनिष्टहरुको कालोबजारीकै भाउमा बेच्न उद्यत छन् ।कालाे बजारी गर्दागर्दै समातेकाे अग्रवाललाई छुटाउन भरपुर काेसिस हुदैछ कसरी केश फितलाे बनाउन सकिन्छ ध्यान त्यतातिर छ। गल्ती गर्ने लाई कार्वाही काे दायरामा ल्याउने कुरा त हास्यास्पद भएकाे छ।

चुनावअघि प्रतिपक्षी कांग्रेसलाई होच्याउन वर्तमान प्रधानमन्त्री ओलीले भनेका थिए, वीपी कोइराला बाँचेको भए कम्युनिष्ट भइसक्थे । धन्न आज कम्युनिष्टका नाममा ओलीको यस्तो अराजक शासन हेर्न पुष्पलाल, मदन भण्डारीहरु जीवित छैनन्, नत्र तिनका आँसुको पेग बनाएर कमरेडहरुले सबेरै चियर्स भनेको हेर्नुपर्थ्यो होला ।

ओलीको बोली सधै चर्चाको विषय हुने गर्छ तर शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा ओलीको बोलीले आज हरेक श्रमिकलाई अनागरिक करार गरेको छ । आज स्वतन्त्रता रोज्ने हरेक जनता कम्युनिष्टहरुका लागि दुश्मन सावित भएको छ । कम्युनिष्टहरु आपसमै लड्ने भीड्ने मनस्थितिमा देखिइसकेका छन् । नेकपा रहन्छ वा रहदैन भन्ने बहस बढ्दै गरेका छन् । एकातिर कोरोनाको कहर अर्कोतिर कम्युनिष्ट सरकारको अराजकता ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको