पठाओ र इन्ड्राइभको नाममा अफलाइन ड्राइभ गर्ने ४८ जना पक्राउ

मोबाइल एपमार्फत बुकिङ गर्ने मिल्ने पठाओ र इन्ड्राइभको नाममा अफलाइन ड्राइभ गर्नेहरूविरुद्ध प्रहरीले कारबाही थालेको छ।

काठमाडौंस्थित प्रहरीका विभिन्न इकाइहरूले शनिबार पठा‌ओ र इन्ड्राइभका नाममा अफलाइन ड्राइभ गर्ने ४८ जनालाई पक्राउ गरेको हो।

उनीहरूसहित प्रहरीले ७५ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अनधिकृत रुपमा भाडा लिएर सर्वसाधारणलाई ओसारपसार गर्ने उनीहरूलाई विभिन्न चोकबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएपछि यस्तो कदम चालिएको जनाएको छ।

यस्तो ड्राइभिङले सुरक्षा संवेदनशीलताको कोणबाट सदैव जोखिम रहिरहने भएकाले कारबाही थालिएको प्रहरीले जनाएको छ।

प्रहरीले अफलाइन राइड सेयर नगर्न पनि सर्वसाधारणलाई भनेको छ। काठमाडौं उपत्यकामा इन्ड्राइभ र पठाओले मोबाइल एपमार्फत् अनलाइन बुकिङ गरेर यात्रु लाने लैजाने गरेका छन्।

तर उनीहरूकै नाममा मोटरसाइकल चालकहरूले चोक चोकमा बसेर यात्रु ओसार्ने क्रम बढाएपछि प्रहरीले कारबाही थालेको हो।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको