काठमाडौ -सरकारले ल्याएकाे अध्यादेश फिर्ताकाे माग गर्दै नेपाल विद्यार्थी संघ प्लेकार्ड सहित सडकमा उत्रिएको छ ।
देश लगडाउन भएकाे माैका पारेर नेकपाकाे सरकारले दल विभाजन र संबैधानिक परिषद् सम्बन्धि अध्यादेश तत्काल फिर्ताकाे माग गर्दै नेपाल विद्यार्थी संघले विराेध गरेकाे छ । लकडाउनको समयमा पनि विराेधमा सडकमा अाउनु परेकाे र लकडाउनलाइ मध्यनजर गरि सामाजिक दुरीलाई कायम राखेरै सडका उत्रिएकाे नेविसंघ नेता रत्नहरि ढुङ्गगेलले बताउनु भयाे ।
प्लेकार्डमा’तिम्रो विधेयक चाहिँदैन अस्थिरता ल्याउन पाइँदैन’ , असंवैधानिक अध्यादेश फर्ता गर लगायत नारा उल्लेख गरिएकाे थियाे ।
लकडाउनका कारण मास जम्मा नगरिएको र देशकाे विभिन्न ठाउँबाट यसैगरी विरोध जनाएका नेता ढुङ्गेलले जानकारी दिनुभयाे ।
